महाकाली गाँउ पसेको क्षेत्रमा भीमदत्त नगरका मेयर विष्टद्वारा स्थलगत अनुगमन


कञ्चनपुर,
कञ्चनपुरको भीमदत्त नगरपालिका १२ऐरी क्षेत्रमा महाकाली नदी गाँउ पसेको छ । महाकाली नदीमा पानीको सतह बृद्धिसंगै नदी गाँउ बसेको हो । चुरे भएर बग्ने भुजेला खोला ऐरीबाट महाकाली नदीमा मिसिन्छ ।

भुजेला खोला महाकाली नदीमा मिसिन नपाउँदै उल्टै महाकाली नदीबाट पानी गाँउ पसेर डेढ दर्जन बढि घर डुवानमा परेका छन । डुवान प्रभावित क्षेत्रमा भीमदत्तन नगरका मेयर सुरेन्द्र विष्टले शनिबार दिउँसो स्थलगत अनुगमन गर्दै जनतालाई विपद्बाट जोगाउने विषयमा सरोकारवाला पक्षंग समन्वय गरेर अघि बढने बताएका छन ।

घर डुवानमा परेका जनता सहित महाकालीमा निर्माणाधिन पुल आयोजनाका पदाधिकारी, स्थानीय जनप्रतिनिधी त्यहाँ खटिएका सुरक्षाकर्मीसंग भेटभाट गरेर महाकालीबाट क्षति हुन नदिन आग्रह गरेका छन । भीमदत्त नगरपालिकाका तर्फबाट सबै स्रोत साधन परिचालन गरिने मेयर विष्टको सचिवालयले जनाएको छ ।


ताजा समाचार

spot_img