कोभिड अस्पताल दोधारा चाँदनीबाट २६ जना कोरोना जितेर घर फर्के

दोधारा : कोभिड अस्पताल दोधारा चाँदनीमा डाक्टर गगन चौधरी, डाक्टर रचित भारती र डाक्टर शुभाष बराल पालै पालो कोरोना बिरामीको उपचारमा खटिदै आएका छन् । उनिहरु आज भोली प्रसन्न मुद्रामा देखिन्छन् । कारण उनीहरुले उपचार गर्दै आएका कोरोना संक्रमित सञ्चो भएर घर फर्किने क्रम जारी छ् । अहिले आएर कोरोना संक्रमितहरु बिस्तारै सञ्चो भएर घर फर्कन क्रम जारी रहेको अस्पतालले जनाएको छ् । संक्रमितहरुले डाक्टरहरुलाई राम्रै आषिश दिएर फर्कन थालेपछि स्वास्थ्यकर्मीमा अनुहारमा खुशी छाएको हो । हिजो र आज गरि २ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वर्ष ५७ का जयमती कटुवाल एक महिना ४ दिन कोभिड अस्पताल दोधारा चाँदनीमा उपचार पछि घर फर्केका छन् । लामो समयको उपचार पछि सञ्चो भएपछि घर फर्कदा उनि खुशीले गदगद हुदै रमाएर अस्पताल परिसरमा नाच्दै घर फर्के । जयमतीले डाक्टर गगन चौधरी, डाक्टर रचित भारती र डाक्टर शुभाष बराल लगाएत कोभिड अस्पताल दोधारा चाँदनीका सम्पुर्ण परिवारलाई आषिश दिदै आफुले नयाँ जिवन दिएको बताए । उनलाई अस्पतालमा आउदाका दिनहरुमा स्वास्थ्यमा निकै जटिलता आएको थियो । घरमा उनलाई अचानक श्वास लिन समस्या आएपछि कोभिड अस्पतालमा आएर एन्टिजिन परिक्षणमा कोरोना संक्रमित फेला परेपछि उनको उपचार थालिएको थियो । श्वास लिन समस्या बाहेक जयमतीलाई कारोनाको अन्य कुनै लक्षण थिएन् । कोरोनालाई जितेको अस्पतालले बताएपछि हिजो कोभिड अस्पताल परिसरमा जयमती कटुवाल नयाँ जिवन पाएको भन्दै नाच्दै रमाएका थिए ।

‘डाक्टर गगन चौधरी, डाक्टर रचित भारती र डाक्टर शुभाष बराल लगाएत उहाँको टिमले मलाई नयाँ जिवन दिएका हुन्’ जयमती कटुवालले भने । कोभिड अस्पतालका डाक्टर गगन चौधरीले उपचार पछि हिजो मात्रै जयमती कटुवाल निको भएर घर फर्काएको बताएका छन् । आज एक महिना एक दिनको उपचार पछि दोधारा चाँदनी नगरपालिका वडा नं. १० का ८० वर्षिय बिर बहादुर ठगुन्ना पनि कोभिड अस्पताल दोधारा चाँदनीबाट उपचार पछि निको भएर घर फर्केको कोभिड अस्पतालले जनाएको छ् । उनमा श्वासको समस्या रहेको बताईएको छ् । पिसिआर जाँचमा कोरोना संक्रमण देखिएपछि उनि कोभिड अस्पताल दोधारा चाँदनीमा उपचारमा रहेका थिए ।

आज उनलाई अस्पतालले डिस्चार्ज गरको हो । कारोनालाई जितेर अस्पतालबाट घर फर्केने बेला स्वास्थ्यकर्मीहरुलाई धन्यबाद दिदै डाक्टरहरुको कारण आफुले पुर्नजन्म पाएको बताएका छन् । हाल सम्म ४२ जना अस्पतालमा भर्ना भएको र २६ जना निको भएर घर फर्किसकेको कोभिड अस्पताल दोधारा चाँदनीले जारी गरेको बिज्ञप्तीमा भनिएको छ् । यस्तै ३ सय ५८ जना होम आईसोलेसनबाट कोरोना संक्रमित निको भएको भएको बिज्ञप्तीमा छ् ।

ताजा समाचार

This will close in 10 seconds