कञ्चनपुर ,
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले महाकाली प्रादेशिक अस्पताललाई थप व्यवस्थितका साथै बालमैत्री बनाउनमा जोड दिने बताएका छन् ।

सोमबार एक कार्यक्रमका साथ महाकाली अस्पतालमा व्यवस्थापन समिति, चिकित्सक र कर्मचारीसंग छलफलमा मन्त्री खड्काले अस्पतालले हासिल गर्र्दै आएका उपलब्धिलाई निरन्तरता दिइने र आगामी दिनमा अस्पतालमामा ५० बेड, बिरामीको चापलाई मध्यनजर गर्दै कम्तीमा पनि १५ आईसियु अस्पतालमा थपिने बताएका छन् ।

‘विगतमा अस्पतालमा एक खालको समस्या थियो, अहिले जनशक्ति, पूर्वाधार, सेवा सुविधा सबैमा उपलब्धि हासिल गरिएका छन्’ उनले भने,‘अहिले अस्पताललाई थप व्यवस्थित गरी जानु पर्ने छ, त्यसका लागि सबै पक्षसित सहकार्य र समन्वय गरी अघि जान तयार छौ ।’ यो संगै मृगौलाको बिरामिको लागि डाइलासिस सेवा तत्काल नै संचालन गरिने छ। महाकाली उपप्रादेशिक अस्पताल बाट खड्का मन्त्री भएको एक सातामै अस्पताललाई प्रादेशिक बनाउने निर्णय गरेका थिए । आगामी आर्थिक वर्षको बजेटमा मन्त्री खड्काले सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणलाई प्राथमिकता दिएर बजेट ल्याउने उनले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदा अन्य क्षेत्रका बजेट कटौती हुन सक्ने बताए ।
। प्रदेश सरकारले मंगलबार आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी रहेको छ ।

छलफल कार्यक्रममा सुदूरपश्चिम सरकारका पूर्व उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल, जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ्ग, सुदूरपश्चि सरकारको सामाजिक विकास मन्त्रालयका सचिव खेमराज विष्ट, प्रमुख जिल्ला अधिकारी राम कुमार महतो ,महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर),महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरि कुमार श्रेष्ठले लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो भने अस्पतालका डाक्टर अर्जुन भट्टले कोरोना संक्रमण नियन्त्रणमा गरिएको प्रगति प्रस्तुत गरेका थिए ।






