कञ्चनपुर : लागु औषधका तीन तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रबाट लागु औषधमा लिप्त भएका तीन तस्करलाई आइतबार र सोमबार गरी दुई दिनमा तीन तस्करलाई नियन्त्रणमा लिएको हो । कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले आइतबार बेलौरी नगरपालिका ८पचुईका हरिकृष्ण रानालाई पक्राउ गरिएको बताए । उनका अनुसार रानाको साथबाट १३.३ग्राम खैरोहिरोईन बरामद गरिएको छ । सोमबार प्रहरीले मोटरसाईकल सहित धनगढीका दुई मुख्य कुख्यात तस्करलाई नियन्त्रणमा लिएको छ ।

लकडाउनका बेला कैलाली धनगढीबाट अर्को जिल्ला कञ्चनपुर बेलौरी पुगेका तस्कर समुहले प्रयोग गरेको सुप प्र०१००८प ८५९नम्बरको मोटरसाईलक सहित गोदाबरी नगरपालिका ५का सुरेन्द्र विष्ट र सन्तोष रानालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ९.०८०ग्राम खैरो हिरोईन बरामद गरिएको छ । कञ्चनपुर प्रहरीले लकडाउनका बेला लागु औषधका ५०भन्दा बढि नेपाली तथा भारतीय तस्कर नियन्त्रणमा लिदै कार्बाही चलाएको छ ।

समाजको मुख्य दुस्मन जो कोरोना भन्दा भयानक हानिकारक लागु औषध नियन्त्रणमा प्रहरीले सकृयता बताएसंगै तस्करको योजना चकनाचुर भईरहेको छ । कोरोना नियन्त्रणको फ्रन्ट लाईनमा रहेको प्रहरीले महामारीका विच युवापुस्ता ध्वस्त गर्ने लागु औषध नियन्त्रणमा सकृयता देखाएको कार्य प्रसंसनिय भएको नागरिक समाजको बुझाई छ ।







