दोधारा चाँदनीमा वालवालिकामा पनि कोरोना संक्रमण देखिन थाल्यो


दोधारा : कोभिड अस्पताल दोधारा चाँदनीमा एन्टिजिन जाँचको क्रममा वालवालिकालाई पनि कोरोना संक्रमण फेला परेको छ् । कोभिड अस्पताल दोधारा चाँदनीमा गरिएको आजको एन्टिजिन परिक्षणको क्रममा ४ वर्षे वालकमा कोरोना संक्रमण फेला परेको कोभिड अस्पताल दोधारा चाँदनीका सुचना अधिकारी नन्दराज भट्टले जानकारी दिएका छन् । गए बुधवार कोभिड अस्पतालमा गरिएको एन्टिजिन परिक्षणमा ३ वर्षे वालकमा समेत कोरोना संक्रमण फेला परेको सुचना अधिकारी नन्दराज भट्टले बताएका छन् ।

अझै सम्म कोभिड अस्पताल दोधारा चाँदनीको अभिलेखमा २ जना वालवालिकामा कोरोना संक्रमण फेला परेको छ् । कोरोना भाइरस महामारीको दोस्रो लहरमा बालबालिकाहरु संक्रमित बनिरहेका कोभिड अस्पताल दोधारा चाँदनीको अभिलेखले पुष्टि गरेको छ् । पहिलो लहर भन्दा दोस्रो लहर बालबालिकाका लागि संक्रमक देखिएको अवस्थामा अर्को नयाँ लहर आएमा बालबालिकाहरुका लागि निकै खतरनाक हुने स्वास्थ्यकर्मीहरुले बताइरहेका छन् । विद्यालयहरु बन्द भएको अवस्थामा कोरोना भाइरसको संक्रमण, बालबालिकाको स्वास्थ्य तथा मानसिक अवस्थाका विषयमा अभिभावकहरुमा चिन्ता थपिइरहेको छ ।


ताजा समाचार

spot_img