महामारीमा लागु औषधका तस्कर तह लगाउँदै प्रहरी झलारीबाट लागु औषधका तीन तस्कर सहित ब्राउन सुगर बरामद


कञ्चनपुर: दोस्रो लहरमा देखिएको कोरोना महामारीले आम नागरिकलाई कसरी सुरक्षित बाँच्ने चिन्ता भईरहेका बेला समाजका लागि कोरोना भन्दा भयानक हानिकार लागु औषधका तस्कर मौलाएका छन । महामारीका बेला कञ्चनपुरका लागु औषधका तस्कर मौलाएका छन । लकडाउनका कारण आम नागरिक घरमै बसेपनि तस्कर भने खुलेयाम धन्दामा संलग्न भएको पाईएको छ । महामारीको मौका छोपेर लागु औषध कारोबारी र तस्करी गर्ने लागु औषधका गिरोहलाई कञ्चनपुर प्रहरीले तह लगाईरहेको छ । महामारी रोकथामका लागि फ्रन्ट लाईनमा खटिएका प्रहरीलाई एकातिर प्रशासनले जारी गरेको निषेधाज्ञा कार्यान्वयन गराउनुपर्ने बाध्यता छ, भने अर्कातिर लागु औषधका तस्कर तह लगाउनु बाध्यता उत्पन्न भएको छ ।

३८ दिनको लकडाउन अवधिमा कञ्चनपुर प्रहरीले ४० जना लागु औषधका तस्करी गिरोहलाई पक्राउ गरि मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले लकडाउन अवधिभर तीन भारती नागरिक सहित ४० जना लागु औषध कारोबारमा पक्राउ परेको बताए । ‘हामीले लकडाउन अवधिमा लागु औषधका कारोबारी, तस्करी समुहलाई नियन्त्रणमा लिदै मुद्दा चलाएका छौँ, ‘उनले भने, ‘एक मात्रै व्यक्ति समातिए एकल र दुई भन्दा बढि समातिए संयक्त मुद्दा चलाईरहेका छौँ ।’ लागु औषधको कारोबार, सेवन तथा ओसारपसारमा युवा पङक्ति मात्रै रहेको पाईएको छ ।

सोमबार पनि प्रहरीले शुक्लाफाँटा नगरपालिका १० झलारी क्षेत्रबाट तीन जना युवकलाई लागु औषध सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाका अनुसार झलारीबाट तीन युवकलाई लागु औषध सहित पक्राउ गरिएको छ । विक्रम शिलाल, विशाल थापा, बिनोद नागरीको साथबाट प्रहरीले २ ग्राम ६४० मिनिग्राम सहित लागु औषध ब्राउन सुगर बरामद गरेको हो । स्थानीले लागु औषधको जरजै उलेख्नुपर्नेमा सुझाव दिएका छन । लागु औषधका लागि कञ्चनपुरका युवा कुलतमा भाँसिएका बेला प्रहरीको अभियानबाट केही चेन तोड्ने अपेक्षा गरिएको छ ।


ताजा समाचार

spot_img