महामारी जित्न अनरास्ववियूद्वारा सीमा क्षेत्र गड्डाचौकीमा हेल्प डेस्क


कञ्चनपुर
कोरोना महामारी परास्थ गर्नका लागि सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेपाल प्रवेसद्वार कञ्चनपुरको गड्डाचौकीमा हेल्प डेस्क स्थापना गरेको छ ।

शनिबारदेखि अनेरास्ववियूले भीमदत्त नगरपालिका ११ग्डाचौकीमा हेल्पडेस्क स्थापना गरेको हो । अनेरास्ववियूका केन्दीय सदस्य कमल रोकायाले महामारी परास्थ गर्नका लागि विद्यार्थी संगठनका तर्फबाट संगठनले हेल्पडेस्क स्थापना गरेको बताए । ‘हामीले आजदेखि सीमा क्षेत्र जहाँ नेपाल प्रवेसद्वार हो, त्यहाँ हेल्पडेस्क राखेर भारतबाट फर्किन नेपालीलाई सचेतनामुलक सन्देश दिईरहेका छौँ, ‘उनले भने, ‘स्वास्थ्य सुरक्षा समाग्री वितरणका साथै पिउने पानी वितरण गर्दैछौँ ।’

नेता रोकायाले हेल्पडेस्क निरन्तर जारी राख्नदेखि महामारीका बेला संकटमा परेका विद्यार्थीको उद्दार कार्य जारी रहने बताए । उनका अनुसार महाकाली अस्पतालमा देखिएको अक्सिजन प्लान्ट फण्डाबारे समेत चासो दिएर सत्यतथ्य छानबिन हुनुपर्ने र महामारीका बेला उच्च नैतिकताका साथ काम गर्न सुझाव दिईएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img