कञ्चनपुर: अक्सिजन प्लान्ट जडानका लागि विवाद आएपछि अस्पतालले दुवै टेण्डर रद्द गरेको छ । अस्पतालले एक प्रेस विज्ञप्ती जारी गर्दै सबै कम्पनीका प्रमाण पत्र अपुग भएकाले टेण्डर रद्द गरेको जनाएको छ । अक्सिजन प्लान्ट र भवन निर्माणका लागि जारी गरिएका टेण्डर रद्द भएका हुन ।

अस्पतालमा यूएनवपिएले निःशुल्क जडान गरिदिने भएपछि टेण्डर रद्द गरिएको हो । अस्पतालका निमित्त मेसु डा. हरि कुमार श्रेष्ठ र अध्यक्ष कृष्णदत्त जोशीले हस्ताक्षर गरेको विज्ञप्तीमा नागरिक स्तरबाट अस्पतालमा गरिएको सहयोगबारे अनावश्यक समाजिक सञ्जालमा अफवाह नफैलाउन आग्रह गरिएको छ । अध्यक्ष जोशीले कोरोना रोकथामका लागि अस्पताल अग्रपङक्तिमा रहेको जनाउँदै महामारी परास्थ एव नियन्त्रणका लागि अस्पताल हर प्रयासमा रहने प्रतिबद्धता जाहेर गरेका छन ।







