कोभिड अस्पताल दोधारा चाँदनीलाई रेडक्रसले दियो अक्सिजन कन्सरटेटर मसिन र स्वास्थ्य सामग्री


दोधारा : कोभिड अस्पताल दोधारा चाँदनीलाई नेपाल रेडक्रस सोसाईटीले अक्सिजन कन्सरटेटर मसिन र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ् । दोधारा चाँदनी नगरपालिकामा स्थित कोभिड अस्पताललाई आज ५ लिटरको १ थान कन्सरटेटर मसिन र ३ हजार सर्जिकल मास्क हस्तान्तरण गरेको नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा एमरेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले जानकारी दिएका छन् ।

कोरोनाको दोस्रो लहरले आक्रान्त भएको अवस्थामा संक्रमितहरुको लागी उपचारमा सहजताको लागी उक्त स्वास्थ्य उपकरण प्रदान गरिएको एमरेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले बताएका छन् । चाइना रेडक्रस फाउण्डेसनको सहयोग र नेपाल रेडक्रस सोसाईटीको समन्वयमा नेपाल रेडक्रस सोसाईटी शुदुरपश्चिम प्रदेश र नेपाल रेडक्रस सोसाईटी कञ्चनपुर जिल्ला शाखाद्धारा ५ लिटरको १ थान कन्सरटेटर मसिन र ३ हजार सर्जिकल मास्क हस्तान्तरण गरिएको बताईएको छ् । हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल रेडक्रस शुदुरपश्चिम प्रदेश अध्यक्ष केशव पन्तले नेपाल रेडक्रस सोसाईटी सदा मानविय सेवामा समर्पित रहेको आएको बताउदै कोरोना संक्रमणको बेला थोरै भएपनि अस्पताललाई सहयोग गर्ने प्रयत्न गरेको बताएका छन् ।

अक्सिजन कन्सरटेटर मसिन र स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस शुदुरपश्चिम प्रदेश अध्यक्ष केशव पन्त, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरका कार्यालय प्रमुख मनोज उप्रेती, दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, कोभिड अस्पतालका डाक्टर गगन चौधरी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरका सदस्य धन बहादुर शाही, नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्ल, सचिव मोहन सुनार, सदस्य कोमल उपाध्याय् लगाएत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले नेपाल रेडक्र सोसाईटीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा दोधारा चाँदनी नगरपालिकालाई सघाउदै आएको बताउदै नेपाल रेडक्रस सोसाईटीको सबै टोलीलाई धन्यबाद दिएका छन् ।


ताजा समाचार

spot_img