दोधारा : दोधारा चाँदनी निवासी तथा हाल भारतको गुजरातमा रहदै आएका चन्द्रेस खत्रीले कोभिड अस्पताल दोधारा चाँदनीलाई अक्सिजन कन्सरटेटर प्रदान गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ हाल भारतको गुजरातमा होटल ब्यवसायी गर्दै आएका चन्दे्रस खत्रीले ५ लिटरको एक थान अक्सिजन कन्सरटेटर प्रदान गरेका हुन् । आज कोभिड अस्पताल दोधारा चाँदनीमा खत्रीले पठाएको एक थान अक्सिजन कन्सरटेटर मसिन उनका वुवा जय बहादुर खत्री र आमा भिमा देबी खत्रीले कोभिड अस्पताल दोधारा चाँदनीका डाक्टर गगन चौधरी र दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीलाई हस्तान्तरण गरेका छन् ।

अक्सिजनको अभावले स्थानियहरुको ज्यान जान थालेपछि खत्रीले आफ्नो ब्यक्तीगत सहयोगले एक थान अक्सीजन कन्सरटेटर खरिद गरि पठाएका हुन् । अक्सिजनको अभावले अकालमै ज्यान जान थालेपछि स्थानियहरुको ज्यान बचाउन सकिन्छ कि, भन्ने उद्धेश्यले अक्सिजन कन्सरटेटर मसिन खरिद गरि पठाएको चन्द्रेस खत्रीलाई उद्दत गर्दै उनका आफन्तहरुले बताएका छन् । कोरोनाको कारण आक्रान्त भएर अक्सिजनको अभावमा ज्यान जादै गर्दा खत्रीले ब्यक्तीगतरुपमा खरिद कोभिड अस्पताललाई अक्सिजन कन्सरटेटर मसिनलाई उच्च प्रशंसनिय तथा मानव सेवामा सर्मपित भएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । ‘चन्द्रेसजीले मानविय सेवामा सर्मपित भई सहयोग गर्नुभएकोमा उहा“ र उहाँका परिवारलाई दोधारा चाँदनी नगरपालिका र कोभिड अस्पतालको तर्फ देखि मुरीमुरी धन्यबाद’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले भने ।

कोभिड अस्पताल दोधारा चाँदनीलाई चन्द्रेस खत्री लगाएत युवाहरुले अभियाननै संचालन गरि मानविय कार्यमा उत्रीएका भन्दै नगर प्रबक्ता सिजालीले सबैमा धन्यबाद दिएका छन् । भारतको गुजरातबाट चन्द्रेसले पठाएका अक्सिजन कन्सरटेटर हस्तान्तरण कार्यक्रममा बोल्दै कोभिड अस्पतालका डाक्टर गगन चोधरीले अस्पतालमा अक्सिजनको अभाव श्रजना भईरहेको अवस्थामा खत्रीले पठाएको अक्सिजन कन्सरटेटरले कसैको ज्यान बचाउने भएकोले मनकारी मन भएका चन्द्रेस खत्री तथा खत्री परिवारलाई बिशेष धन्यबाद दिएका छन् । कोराना संक्रमणको दोस्रो लहरले आक्रान्त भएको अवस्थामा कोभिड अस्पताल दोधारा चाँदनीलाई अक्सिजन कन्सन्ट्रेटर खरिद गरि चन्द्रेस खत्रीले पठाएपछि कोभिड अस्पताल परिवार हर्षित भएका छन् ।







