दोधारा चाँदनीमा ५ जना कोरोना संक्रमित निको भएर घर फर्के


दोधारा : कोभिड अस्पताल दोधारा चाँदनीबाट ५ जना निको भएर घर फर्केका छन् । कोभिड अस्पताल दोधारा चाँदनीले जारी गरेको बिज्ञप्ती जारी गर्दै अझै सम्म ५ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेको जनाएको छ् ।

हाल सम्म अस्पतालमा भर्ना भएका जम्मा १८ जना, निको भएर घर पर्किसकेका ५ जना, होम आइसोलेसनमा रहेका १ सय ३६ जना, हाल सम्म रेफर गरिएका बिरामी संख्या ६ जना, हाल सम्म मृत्यु भएको संख्या ३ जना, आजको दिन उपचारमा रहेका जम्मा बिरामी १६ जना, पछिल्लो २४ घण्टामा भर्ना भएका बिरामीहरु २ जना रहेको कोभिड अस्पताल दोधारा चाँदनीका सुचना अधिकृत नन्दराज भट्टले बताएका छन् ।

यस्तै हाल सम्म १ हजार ४६ जनाले एन्टिजिन परिक्षण गरेका छन् । एन्टिजिन परिक्षणमा हाल सम्म ३ सय ३३ जनामा कोरोना संक्रमण फेला परेको छ् । हाल सम्म ७ सय १३ जना एन्टिजिन परिक्षणमा नेगेटिभ रहेको कोभिड अस्पताल दोधारा चाँदनीको बिज्ञप्तीमा उल्लेख गरिएको छ् ।

No description available.


ताजा समाचार

spot_img