जो महामारीका बेला संक्रमितको उपचारमा खटिईन उनै कोरोना संक्रमित भई मृत्युबरण


कञ्चनपुर, 

कञ्चनपुरमा एक स्वाथ्यकर्मीको कोरोना संक्रमणका कारण निधन भएको छ । बेदकोट नगरपालिका स्वास्थ्य शाखामा कार्यरत नसिङ्ग निरीक्षक सरस्वती कार्कीको निधन भएको हो ।

पहिलो र दोस्रो लहरमा चलेको कोरोना संक्रमणका बेला जनताको स्वास्थ्य सुरक्षामा खटिएकी स्वास्थ्यकर्मी सरस्वती एक साताअघि संक्रमित भई घरमै आईसोलेशनमा बसेकी थिईन । बेदकोट नगरका पमुख अशोक कुमार चन्दले संक्रमित भई घरमै बसेकी सरस्वतीलाई उपचारका लागि महाकाली अस्पताल ल्याएको बताए ।

‘महाकाली अस्पतालबाट कोहलपुर मेडिकल कलेजमा उप उपचारका लागि लगियो, ‘मेयर चन्दले भने, ‘स्वाथ्य सुधारोन्मुख हुँदा एक्कासी गयराती दुखत निधन भयो ।’ नसिङ्ग निरीक्षक कार्कीको निधले कञ्चनपुरलाई अपुरणीय क्षति र दक्ष जनशक्ति गुमाएको मेयर चन्दले बताए । दोस्रो लहरमा चलेको महामारीका कारण निधन हुने उनी पहिलो स्वाथ्यकर्मी हुन । उनको निधले जिल्लाका स्वास्थ्यर्की समेत स्तब्ध भएका छन ।


ताजा समाचार

spot_img