कञ्चनपुर

कञ्चनपुरका राजनीतिक दलहरुले महामारीका बेला संसद विघटन गरेर चुनावको घोषणा गर्नु संविधान र लोकतन्त्रको हत्या गर्नु जस्तै भएको बताएका छन । संसद विघटन गर्दै अध्ययादेश मार्फत नागरिक विधेयक ल्याएर प्रधानमन्त्रीले राष्ट्रघाती काम गरेको भन्दै प्रमुख प्रतिपक्षीय दल नेपाली काँग्रेस, नेकपा माओवादी, सत्तारुढ दल नेकपा एमाले, जनता समाजवादी पार्टी राष्ट्रिय जनमोर्चाले संसदमा विश्वासको मत लिन नसकेका केपी शर्मा ओलीलाई पुन प्रधानमन्त्रीमा नियुक्त बदनियतपूर्ण भएको ठहर गरेका छन ।

मुलुक महामारीका कारण संकट र जनता अक्सिजन नपाएर अकालमै ज्यान गुमाईरहेका बेला सरकारले गैर सम्वैधानिक काम गर्न उद्यत रहेको आरोप लगाएका छन । प्रधानमन्त्री ओली राष्ट्रपतिले पदका लागि मुलुक भटखालोमा हालेर संविधानको खिल्ली उडाईरहेको दावि गरेका छन । संसद पूर्नस्थापना र राष्ट्रघाती विधेयक फिर्ताको माग समेत गरिएको छ ।

नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरि प्रशाद बोहरा, माओवादी केन्द्रका कार्यालय सदस्य, देवेन्द्र ढुङ्गाना, एमाले सचिव रण बहादुर महरा, जनता समाजवादी पार्टीकी केन्दीय सदस्य माया नेगी र राष्ट्रिय जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्कीले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तीमा प्रधानमन्त्री र राष्ट्रपतिबाट भएको प्रतिगामी कदम बिरुद्ध आन्दोलनको चेतावनी दिएका छन ।






