दोधारा चाँदनीमा सशस्त्र प्रहरीको सक्रियता बढ्दै


दोधारा
दोधारा चाँदनी नगरपालिकामा सशस्त्र प्रहरी बलले सिमा ईलाकामा आफ्नो उपस्थिति मजबुत बनाउदै आएको छ् । सशस्त्र प्रहरी बलले दोधारा चाँदनी नगरपालिका संग जोडिएको ३५ किलोमिटर फैलिएको नेपाल–भारत सिमा ईलाकामा नियमितरुपमा जनशक्ति परिचालन गर्दै आएको छ ।

No description available.

नियमित रुपमा सिमा सुरक्षा, चोरी निकासी पैठारी नियन्त्रण तथा लकडाउनको प्रभावकारिता गर्दै आइरहेको सशस्त्र प्रहरी श्रोतले बतायो । लकडाउन सफल पार्न तथा कोरोना संक्रमित तथा कोही पनि व्यक्ति सिमा नाकाबाट आवतजावत नगरुन् भनी सिमा नाकामा कडाई गरिएको सशस्त्र प्रहरी श्रोतले भन्यो ।

No description available.

सशस्त्र प्रहरी हिजो मोटरसाईकल गसती संचालन गरेको थियो भने आज दोधारा चाँदनीको बजारहरुमा कोरोना रोकथाम तथा नियन्त्रणको लागी पर्चा टास्ने कार्य गर्दै आएको छ् । बजार क्षेत्रमा लकडाउन उल्घंन गर्नेहरुलाई लकडाउनको पालना गर्न अनुरोध गर्दै हिडेको देखिएको छ् ।


ताजा समाचार

spot_img