मनकारी मन ः दोधारा चाँदनीमा सशस्त्र प्रहरीलाई दिए सामाजसेवी भिम कुमाल स्वास्थ्य सामग्री


दोधारा

दोधारा चाँदनी नगरपालिकामा सामाजिक कार्यमा प्रखर देखिदै आएका सामाजसेवी भिम कुमालले सशस्त्र प्रहरीलाई स्वास्थ्य सामग्री दिएका छन् । दोधारा चाँदनी नगरपालिका स्थित रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट देबीस्थानलाई ५ सय पिस सर्जिकल मास्क, ५ लिटर सेनिटाईजर र सय मिलिलिटरको ६ पिस सेनिटाईजर हस्तान्तरण गरेको हुन् । आज सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट देबीस्थानमा पुगेर कोरोना संक्रमणको बेला फ्रन्टलाईनमा कार्य गरेको भन्दै सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका सामाजसेवी भिम कुमालले बताएका छन् ।

स्वास्थ्य सामग्री सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट देबीस्थानका सशस्त्र प्रहरी निरिक्षक कृष्ण बोहराले बुझेका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा आफ्ना जवानहरुलाई स्वास्थ्य सामग्री खाँँचो रहदै आएको भन्दै सामाजसेवी भिम कुमाललाई सशस्त्र प्रहरी निरिक्षक कृष्ण बोहराले धन्यबाद दिएका छन् । यस अघि सामासेवी भिम कुमालले ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र कोभिड अस्पताल दोधारा चाँदनीलाई पानी र स्वास्थ्य सामग्री समेत दिएका छन् । कोरोनाले आक्रान्त भएको अवस्थामा कोरोना रोकथाम तथा नियन्त्रणका लागी फ्रन्टलाईनमा कार्य गर्दै आएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई आफुले भ्याएजती सहयोग गर्ने प्रयत्न गर्दै आएको सामाजसेवी भिम कुमालले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका स्थित रहेको कोभिड अस्पतालमा अक्सिजनको चरम अभाव श्रजना भएको अवस्थामा अक्सिजन कन्सरटेटर खरिदको लागी युवा अभियान समेत थालेको र रकम संकलन भईरहेको हुदा यथासिघ्र अक्सिजन कन्सरटेटर खरिद गरि कोभिड अस्पतालमा हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको सामाजसेवी कुमालले जनाएका छन् । ‘हामी युवाहरुले कोभिड अस्पताल दोधारा चाँदनीका लागी अक्सिजन कन्सरटेटर खरिद गर्नको लागी अभियान थालेका छौं । राम्रै रकम संकलन भईरहेकोले चाडै अक्सिजन कन्सरटेटर खरिद गरेर कोभिड अस्पताल दोधारा चाँदनीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ्’’ सामाजसेवी भिम कुमालले भने ।

हस्तान्तरण कार्यक्रममा सामाजसेवी रमेश चन्द, टेकराज गिरी र लक्ष्मी चन्द उपस्थिती रहेका थिए । बिगतका दिनहरुमा कोरोना संक्रमणको लहरको बेला पनि दोधारा चाँदनी नगरपालिकामा सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मी तथा खाद्यान्नको अभाव रहेका केही स्थानियहरुलाई ब्यक्तीगतरुपमा सबै भन्दा बढी सामाजसेवी भिम कुमालले सहयोग गरेका गरेका थिए । सामाजसेवी भिम कुमालले बिपदको बेला गर्दै आएको सामाजिक कार्य प्रति स्थानियहरु खुशी प्रकट गरेका छन् ।


ताजा समाचार

spot_img