लकडाउनमा सीमा क्षेत्रमा सशस्त्र प्रहरी


दोधारा 

सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ् । भारतबाट लुकीछिपी सिमा क्षेत्रमा आवात जावतले दोधारा चाँदनी नगरपालिकामा कोरोना संक्रमण बढेको कारण दोधारा चाँदनीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ब्यापक जनशक्ति परिचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारत खुला सिमा क्षेत्रमा सशस्त्र प्रहरीले थप कडाई गर्दै आएको छ् ।

No description available.

आज सशस्त्र प्रहरीले दोधारा चा“दनीमा मोटर साईकल गस्ती सुरु गरेको छ् । पछिल्ला दिनहरुमा नागरिकबाटै समाजिक दुरीको वेवास्ता गर्दै लकडाउन उलंघन हुन थालेपछि सशस्त्र प्रहरीले यस अघि गर्दै आएको पैदल र सवारी साधनको गस्ती पछि मोटरसाईकल गस्ती सुरु गरेको हो । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका सशस्त्र प्रहरी निरिक्षक कृष्ण बोहरा आफै दोधारा चाँदनी नगरपालिकाको बिभिन्न स्थानमा मोटरसाईकल साईकल चढेर गस्तीमा हिडेका छन् । दोधारा चाँदनीको बजार क्षेत्र तथा सिमा बस्तीहरुमा सशस्त्र प्रहरी लकडाउन प्रभावकारी बनाउनका लागि परेको सशस्त्र प्रहरी श्रोतले जनाएको छ् ।

No description available.

दोधारा चाँदनी नगरपालिकाको सीमा क्षेत्र, वन क्षेत्र, ग्रामीण भेग बस्ती र बजार क्षेत्रमा सशस्त्र प्रहरीले मोटर साईकल गस्ती गरेर लकडाउनको पालना संगै अपराध न्यूनिकरणका लागि भूमिका निर्वाह गरेको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाको भारत संग सीमा जोडिएको झण्डै ३५ किलोमिटर दुरीमा सशस्त्र प्रहरीले नियमित पहरा छ् । सीमा क्षेत्रमा अबैध कारोवार रोक्नका लागी सशस्त्र प्रहरी पोष्ट थपिदै आएको छ् । सशस्त्र प्रहरीले कोरोनाको चैन तोड्ने देखि अबैध कारोवार, लागु औषधका तस्करलाई तह लगाउने कार्यमा खटिदै आएको छ् । स्थानीयले सशस्त्र प्रहरी संग लकडाउन थप कडाई र भारतबाट आउने कुनै पनि बस्तु आयातामा रोक्न भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

 


ताजा समाचार

spot_img