दोधारा
नेपाल सरकारले गरेको लकडाउनमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा तस्करको योजना बिफल गर्न नेपाल प्रहरी सक्रिय देखिएको छ् । दोधारा चाँदनी नगरपालिका स्थित रहेको ईलाका प्रहरी कार्यालयले एक पछि अर्को तस्करहरुको योजना बिफल गर्दै आएको छ् । नेपाल सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागी लकडाउन संगै दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारतको खुला सिमा क्षेत्र पुर्णरुपमा बन्द गर्ने निर्णय गरेपछि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी लकडाउनको पुर्ण पालना गर्न गराउन तथा दोधारा चाँदनी संग जोडिएको खुला सिमा क्षेत्रमा तस्करी रोक्न कटिबद्ध देखिएको छ् । प्रहरीले भारतबाट ल्याउदै गरेको अबैध समान धामधम बरामद गर्न थालेको हो ।

आज बिहान दोधारा चाँदनी नगरपालिका वडा नं. १ गडीगोठ र वडा नं. ७ कञ्चनभोज गरि दुई स्थानबाट नेपाल–भारत सिमा क्षेत्रमा भारतबाट ल्याउदै गरेको झण्डै रु. २० हजार बराबरको चिनी, गुढ र कुखुराको अण्डा बरामद गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षिक भरत राज गिरीले जानकारी दिएका छन् । प्रहरीले ७ क्रेट कुखुराको अण्डा, १ बोरा चिनी र १ पेटी गुढ बरामद गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षिक भरत राज गिरीले बताए । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट गएको गस्ती टोलीले भारतबाट ल्याउदै गरेको अवस्थामा उक्त अबैध समान बरामद गरेको हो ।

प्रहरीको गस्ती टोलीलाई देखेर तस्करहरु समान छाडेर भागेको बताईएको छ् । बरामद कुखुराको अण्डालाई स्थानिय, जनप्रतिनिधी तथा पत्रकारको रोहवरमा खाल्डोमा हालेर नष्ट गरिएको छ भने बरामद गरिएको चिनी र गुढलाई भन्सार कार्यालय गड्डा चौकी पठाईने तयारी भईरहेको प्रहरीले जनाएको छ् । कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएको बेला कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा दोधारा चाँदनी नगरपालिकामा स्थित नेपाल प्रहरीले अहम भुमिका निर्वाह गर्दै आएको भन्दै स्थानियहरुले खुशी ब्यक्त गर्दै आएका छन् ।







