कञ्चनपुर,

दोस्रो लहरमा बढ्दै गएको कोरोना महामारी रोकथामका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले १५ सैयाको कोरोना अस्पताल संचालन गरेको छ । नगरपालिकाले नै कोरोना अस्पताल संचालन गरेको हो । दिनप्रतिदिन कोरोना संक्रमितले अक्सिजन अभाव सहित उपचार नभएका कारण अकालमै ज्यान गुमाउन थालेपछि नगरपालिकाले आफैले कोरोना अस्पताल संचालनमा ल्याएको हो ।

शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता जगत बहादुर सिहले दोस्रो लहर बढि घातक भएकाले नगरबासी जनताको स्वास्थ्य सुरक्षाका लागि अस्पताल संचालनमा ल्याएको बताए । प्रवक्ता सिहका अनुसार दुई मेडिकल अधिकृत सहित स्वास्थ्यकर्मी, अक्सिजन एव स्वास्थ्य उपकरण समाग्रीको व्यवस्थापन गरिएको छ । उनका अनुसार कोडिभ अस्पतालमा ५जना कोरोना जितेर घर फर्किएका छन । भने जटिल अवस्था भएकालाई रिर्फर गरिहेका छन । ‘हामीले कोरोना अस्पताल संचालनसंगै १२वटै वडाहरुबाट समेत घुम्ती स्वास्थ्य सेवा विस्तार गरेका छौँ, ‘प्रवक्ता सिहले भने, ‘सबै वडाहरुमा स्वास्थ्यकर्मी परिचालन गरेका छौैँ ।’ निःशुल्क एम्बुलेन्स सहित सातामा दुई दिने पिसिआर र एन्टिजिनबाट कोरोना परीक्षण भईरहेको छ ।

संस्कापद एव कन्ट्याक्ट टेसिङ्गमा परेकाको समेत तत्काल परीक्षण गरिन लागेको छ । हाल अस्पतालमा आधुनिक सहित १७अक्सिजन तयारी अवस्थामा राखिएका छन । संसद नर बहादुर धामी र शुक्लाफाँटा युथ नेटवर्कले समेत दिएका अक्सिजन राखिएका हुन । दैनिक रुपमा शुक्लाफाँटा युथ नेटवर्कले अक्सिजन दिईरहेको छ । लकडाउन प्रभावकारी बनाउनका लागि वडा मार्फत अनुगमन भईरहेको प्रवक्ता सिहले बताए । शुक्लाफाँटा नगरका प्रवक्ता सिहले महामारी जटिल भएकाले लकडाउन पालना गर्न नागरबासीका आग्रह गरेका छन ।






