मानविय सेवामा रेडक्रस ः कोभिड अस्पताल दोधारा चाँदनीमा पानी र स्वास्थ्य सामग्री


दोधारा

दोधारा चाँदनी नगरपालिकालाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरले पानी र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ् । आज एक कार्यक्रमको बिच नेपाल रेडक्रस सोसाईटी कञ्चनपुर शाखाले मर्सिकोर नेपाल धनगढीको सहयोगमा दोधारा चाँदनी नगरपालिकालाई सेनिटाईजर ५ सय मिलिलिटर १ सय थान, पिपीई सेट ५० थान, सर्जिकल मास्क १५ सय थान, सर्जिकल ग्लोब्स १ सय जोड, झुल ५० थान, मिनरल बोतल २ हजार वटा प्रदान गरेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले जानकारी दिएका छन् । कोभिड १९ को दोस्रो लहरले बिश्वनै आक्रान्त भएको अवस्थामा दोधारा चाँदनी नगरपालिका समेत संक्रमणको लहरले अछुतो नरहेको बताउदै दोधारा चाँदनी नगरपालिका स्थित कोभिड अस्पतालमा उक्त पानी र स्वास्थ्य सामग्री उपलब्ध गराईएको नेपाल रेडक्रस सोसाइटी कंचनपुर जिल्ला शाखा एमरेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरीले जानकारी दिएका छन् ।

‘दोधारा चाँदनी नगरपालिकामा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा फ्रन्टलाईनका योद्धाहरुलाई सहयोग पुग्ने उद्धेश्यले नेपाल रेडक्रस सोसाईटी कञ्चनपुर शाखाले मर्सिकोर नेपालको सहयोगमा मिनिरल वाटर र स्वास्थ्य सामग्री उपलब्ध गराईएको छ्’ नेपाल रेडक्रस सोसाइटी कंचनपुर जिल्ला शाखा एमरेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरीले भने । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले कोरोना संक्रमणले आक्रान्त भएको अवस्थामा मानविय सहयोगमा स्थापित संस्था नेपाल रेडक्रस सोसाईटी कञ्चनपुरले पानी र स्वास्थ्य सामग्री उपलब्ध गराएर दोधारा चाँदनी नगरपालिकालाई सघाएको भन्दै बिशेष धन्यबाद दिएका छन् । ‘दोधारा चाँदनी नगरपालिका क्षेत्रमा समुदाय स्तरमा कोरोना संक्रमण तिब्र बढ्दै गएको अवस्थामा नेपाल रेडक्रस सोसाईटी कञ्चनपुर शाखाले मर्सिकोर नेपालको सहयोगमा मिनिरल वाटर र स्वास्थ्य सामग्री प्रदान गर्नुभएकोमा धन्यबाद’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले भने ।

हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कञ्चनपुर जिल्ला शाखा कञ्चनपुर कार्यसमिति सदस्य धन बहादुर शाही, नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका सभापती राजेन्द्र मल्ल, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नेपाल रेडक्रस सोसाइटी कंचनपुर जिल्ला शाखा एमरेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरी, कोभिड अस्पताल दोधारा चाँदनीका डाक्टर गगन चौधरी लगाएत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेका थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका सभापती राजेन्द्र मल्लले मानविय कार्यमा सदा रेडक्रस तत्पर रहदै आएको बताउदै बिभिन्न स्थानाहरुमा दाताहरुको सहयोग र सल्लाहबाट रेडक्रस सोसाईटीले संक्रमणको बेला मानवियरुपमा सहयोग गर्दै आएको बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी कंचनपुर जिल्ला शाखा एमरेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरीले कोभिड अस्पताल दोधारा चाँदनीलाई ब्यक्तीगतरुपमा कोरोना संक्रमण भएकाहरुलाई झण्डै रु. ३५ हजारको औषधी उपलब्ध गराउने समेत योजना रहेको बताएका छन् । ‘कोभिड अस्पतालका डाकटर गगन चौधरीको सल्लाह अनुसार हामीले रेडक्रस सोसाईटी मार्फत कोभिड संक्रमण भएका ब्यक्तीहरुको उपचारमा लाग्ने औषधी हस्तान्तरण गर्ने योजना बनाएका छौं’ नेपाल रेडक्रस सोसाइटी कंचनपुर जिल्ला शाखा एमरेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरीले भने । दोधारा चाँदनी नगरपालिकालाई मर्सिकोर नेपाल धनगढीको सहयोगमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले प्रदान गरेको पानी र स्वास्थ्य सामग्री उपलब्ध गराएको स्थानियहरु हर्षित भएका छन् ।


ताजा समाचार

spot_img