दोधारा

कोरोना भाइरस कोभिड–१९ नियन्त्रण तथा न्युनिकरणका लागि दोधारा चाँदनी नगरपालिकाका अगुवा युवाहरुले ‘हाम्रो जिन रक्षा’ अभियान सञ्चालन गरेका छन् । अक्सिजन कमिका कारण देशभर ज्यान गुमाइ रहेको अवस्थालाई मध्यनजर गर्दै मेरो सानो सहयोगले कोरोना परास्त गर्न सहयोग पुगोस् भन्ने अभिप्रायले युवाहरुले यो अभियान थालनी गरेको सामाजिक अभियन्ता तथा ‘हाम्रो जिन रक्षा’ अभियानका संयोजक भिम कुमालले जानकारी दिएका छन् ।

सामाजिक अभियन्ता तथा ‘हाम्रो जिन रक्षा’ अभियानका संयोजक भिम कुमालका अनुसार आजकै मितिबाट यो अभियान शुरु गरेको बताए । दोधारा चाँदनी नगरपालिकामा रहेको एक मात्रै स्वास्थ्य संस्था कोभिड अस्पतालमा अक्सिजनको अभाव श्रजना भएको कारण समस्या पर्दै आएका हुदा अभियानमा संकलन भएको रकमले केही कन्सरटेटर खरिद गरि कोभिड अस्पताल दोधारा चाँदनीलाई खरिद गर्ने कार्यक्रम अनुसार अभियानको सुरुवात गरिएको सामाजिक अभियन्ता तथा ‘हाम्रो जिन रक्षा’ अभियानका संयोजक भिम कुमालले बताएका छन् । कोरोना संक्रमितहरुले अक्सिजनको अभावमा ज्यान गुमाउदै गरेको अवस्थालाई स्थानिय स्तरका युवाहरुको सहकार्यमा अभियानलाई अघि बढाईएको उनको भनाई रहेको छ् ।







