ईटाभट्टामा काम गर्ने नाबालकको मृत्यु : जनता आन्दोलित


कञ्चनपुर 

कञ्चनपुरको एक ईटाभट्टामा दैनिक ज्यालादारीमा कार्यरत नाबालकको ईटाभट्टामै मृत्यु भएको छ । गयराती भीमदत्त नगरपालिका ८ तिलाचौर स्थित जगदम्बा ईटाभट्टा  कार्यरत १३ बर्षिया नाबालक अर्जुन पुजाराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक लाल बहादुर बमले कोईला पिस्ने मेसिनमा परि बालकको मृत्यु भएको बताए । भीमदत्त नगरपालिका १० तिलाचौरका बालक सिद्धनाथ माध्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत थिए ।

कोईला पिस्ने मेसिनमा बालकको टाउको र शरिर अलग भएको छ । लकडाउनका कारण विद्यालय बन्द भएपछि बालक इटाभट्टामा सातादेखि दैनिक ज्यालादारीमा काम गर्दै आएको प्रहरीले जनाएको छ । मृतक परिवार, स्थानीयले भने इटाभट्टा जस्तो गम्भिर प्रकृतिका भारी काममा नाबालकलाई मजदुरीका लागि काममा खटाएर बालश्रम समेत शोषण गरेको भन्दै संचालकमाथि कार्बाहीको माग अघि सारेका छन ।

नाबालकलाई श्रममा लगाउनेमाथि कार्बाहीको माग अघि सार्दै स्थानीयले इटाभट्टा घेराउ गर्दै बिरोध गरेका थिए । मृतक बालकको शव महाकाली अस्पतालमा ल्याईएको छ । तर, मृतक पीडित पक्षले भने दोषि उपर कार्बाही नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन । स्थानीय एव बाल सरोकारवाला पक्षले नाबालकलाई श्रममा लगाउने काम नै गैर कानुनी र निन्दनिय भएको टिप्पणी गरेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।


ताजा समाचार

spot_img