एमाले नेता चटौतद्वारा महाकाली अस्पतालमा अक्सिजन खरिदका लागि आर्थिक सहयोग


कञ्चनपुर
नेकपा एमाले सुदूरपश्चिम प्रदेशका नेता नन्दलाल चटौतले महाकाली अस्पतालमा अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेका छन । शिक्षाप्रेमी एव समाजसेवि समेत रहेका एमाले सुदूरपश्चिम प्रदेशका नेता चटौतले अस्पतालमा अक्सिजन लगायत स्वास्थ्य समाग्री खरिदका लागि आर्थिक सहयोग गरेका हुन । महाकाली अस्पतालमा अक्सिजन अभावका कारण कोरोना संक्रमित बिरामीको मृत्यु भईरहेको खबर सुनेपछि हाल अमेरिकामा रहेका नेता चटौतले गृहजिल्लाबासीको चिन्तालाई लिएर आर्थिक सहयोग गरेका छन ।
महेन्द्रनगर स्थित बैजनाथ ईन्जिनियरिङ्ग कलेजका अध्यक्ष समेत रहेका नेता चटौतले आफ्ना प्रतिनिधी मार्फत महाकाली अस्पतालमा नगद २५ हजार १ सय २५ रुपैँया सहयोग गरेका हुन । नेता चटौतका तर्फबाट ईन्जिनियर कलेजका प्रिन्सिपल सागर हमाल, कम्प्युटर अपरेटर हरिराम पार्की, लेखापाल मञ्जु भट्टले महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)लाई हस्तान्तरण गरेका छन । हाल अमेरिकामा रहेका नेता एव समाजसेवि चटौतले कोरोना महामारीका बेला हातमा हात मिलाउँदै महामारीसंग जुध्नका लागि सानै भएपनि आर्थिक सहयोग गरेको बताए । चटौतले महामारी परास्त गर्नका लागि सबै पक्षएकजुट भएर काम गर्नुपर्नेमा जोडदिए ।
गत बर्ष पनि चटौतले कोरोना महामारी बिरुद्ध लडाईका लागि भीमदत्त नगरपालिका २ वडालाई भौतिक सहयोग गर्नुका कोरोना रोकथामका लागि भूमिका निर्वाह गरेका थिए । स्वदेशमा नभएपनि विदेशमा रहेरपनि आफ्ना गृहनगरका जनताको स्वास्थ्यका लागि चासो सहयोगी भावना अघि बढाएको भन्दै महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले नेता चटौतप्रति आभार प्रकट गरेका छन । सहयोगी मनहरुप्रति आभार प्रकट गरेका छन । सबै नागरिकको सहयोगबाट कोरोना परास्त गर्न सकिने भन्दै सहयोगका लागि अपिल गरिएको छ ।

Loading Viewer...

ताजा समाचार

spot_img