बैतडी

बैतडीको जिल्लाको रोडिदेवल ६ पञ्चेश्वरमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुदाँ चालक सहित ६ जनाको घटना स्थलमै मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउदै गरेको से १ ज १२३ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० बर्षीय जित सिह भण्डारी (देवल), ३० बर्षीय डम्बर सिह भण्डारी (भाडिमाइ देवल), ४० बर्षीय दिपक सिह भण्डारी (देवल), २७ बर्षीय हिक्मत सिह भण्डारी (गोधरी अर्ताेली), गाडी चालक तेज बहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ भने खेम सिह भण्डारीको उपचारको क्रममा मृत्यु भएको छ । घाइतेकोहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भै रहेको छ, एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका बैतडीले जनाएको छ ।

