बेलौरीमा कोरोना भयाभह नियन्त्रण बाहिर : जनप्रतिनिधिदेखि चिकित्सकसम्म कोरोना यस बर्ष मृत्युदर बढ्ने संकेत


कञ्चनपुर
कञ्चनपुरको बेलौरीमा कोरोना महामारी भयााभहह बन्दै गएको छ । भारतसंग खुला सीमा जोडिएको बेलौरीमा कोरोना नियन्त्रण बाहिर देखिएको छ । गत बर्ष जेठ तेस्रो सातादेखि मात्रै बेलौरीका स्थानीयमा कोरोना देखिएको थियो । यस बर्ष पहिलो परीक्षणमै ५०प्रतिशतमा कोरोना देखिन थालेको छ । बेलौरीमा निजी, सरकारी अस्पताल तथा स्वाथ्यचौकीमा कार्यारत स्वाथ्यकर्मी, चिकित्सक कर्मचारी, जनप्रतिनिधी सर्वसाधारणमा एकै पटक कोरोना देखिएको छ । बेलाँैरीका निजी अस्पताल इसान मेमोेरियल अस्पतालमा कार्यरत दुई चिकित्सक सहितत, श्रीपुर प्राथमिकक स्वास्थ्य केन्द्र, एक जनप्रतिनिधी सहित १८ जनामा एकै पटक कोरोना देखिएको बेलौरी नगरपालिकाले जनाएको छ ।
बेलौरी नगरपालिका कोडिभ संयोजक मान बहादुर चन्दले कुल स्वाब संकलन मध्ये एकै पटक ५० प्रतिशतमा कोरोना देखिएको बताए । ‘हामीले ४० जनाको स्वाब संकलन गरेर सेती प्रादेशिक अस्पतालमा पठाएका थिए, ‘उनले जसमध्ये १८जनामा देखियो ।’ गत बर्ष कार्तिक महिनामा मात्रै बेलौरीका स्थानीयमा कोरोना लागेर मृत्यु भएको थियो । यस बर्ष बैशाख तेस्रो सातामै एक ७० बर्षिया पुरुषको मृत्यु भएको छ । यही दरमा कोरोना समुदायमा महामारीकै रुपमा फैलिए बेलौरीमा मृत्युदरदर पनि बढ्ने देखिन्छ । कोरोना रोकथामका लागि संघीय, प्रदेश र स्थानीय सरकारले समयमै तयारी नगर्दा बेलौरीमा कोरोनाको अवस्था भयाभह हुनेछ । बेलौरी नगरपालिका कोडिभ संयोजक मान बहादुर चन्दले कोरोना नियन्त्रण एव रोकथामका लागि सरकारी एक्लो प्रयासबाट पूर्ण नहुने बताए ।
‘खुला सीमा छ, लुकिछिपी समुदायमा आउँदा कोरोना फैलिन्छ, होम आईसोलेशनमा बसेकालाई हजार पटक परार्मस दिदा पनि उनीहरु मान्दैनन, हामीले सामुदायिक आईसोलेशन बनाएका छौँ, यो मात्रै प्रर्याप्त प्रयास होईन, ‘उनले भने, ‘यसका लागि नागरिको समेत साथ सर्मथन चाहिन्छ । बेलौरी नगरपालिकामा अक्सिजन र किड अभावका कारण परीक्षणको दायर बढाउन सकिएको छैन । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले भारतसंग जोडिएको बेलौरीको बैशाख नाकामा हेल्थडेस्क स्थापनाका लागि प्रशासनसंग अनुमति माग गर्दा नदिएको दुखेसो पोखे । ‘हामीले गत बर्ष बैशाखा नाकामा हेल्थडेस्क राखेका थियौँ र सबैको स्वास्थ्य चेकजाँच गरे, तर यस बर्ष सिडियो सावले राख्न दिएन, ‘भारतबाट आएकालाई गौरीफन्टाको भिडमा पठाए, यस्तैपनि जोखिम बढेकै छ ।’ नगरपालिकाका तर्फबाट कोरोना रोकथाम एव नियन्त्रणका लागि पूर्ण प्रयास भईरहेको बताउदै मेयर चौधरीले लकडाउन पूर्ण पालना गर्दै कोरोना महामारी जित्नका लागि नागरिक, जनप्रतिनिधी सबैले गम्भिर र जिम्मेबार हुनुपर्नेमा जोडदिए ।

ताजा समाचार

spot_img