फ्रन्टलाईनमा रहेका दोधारा चाँदनीका नेपाल प्रहरीलाई भिम कुमालद्धारा स्वास्थ्य सामग्री


दोधारा

दोधारा चाँदनी नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागी घोषणा गरेको लकडाउनको पालना गराउन चर्को घाममा दिन भर सडक तथा सिमानामा डियुटीमा खटिएका सुरक्षाकर्मीहरुलाई दोधारा चाँदनी नगरपालिका वडा नं. २ निवासी तथा गुरुकुल ईन्टिच्युट अफ टेक्निकल एजुकेशनका निर्देशक भिम कुमालले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा पुगेर उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको दोधारा चाँदनी नगरपालिका वडा नं. ४ निवासी तथा गुरुकुल ईन्टिच्युट अफ टेक्निकल एजुकेशनका निर्देशक भिम कुमालले जनाएका छन् ।

No description available.

आज ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीलाई उक्त सामग्री हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. २ निवासी तथा गुरुकुल ईन्टिच्युट अफ टेक्निकल एजुकेशनका निर्देशक भिम कुमालले बताएका छन् । सर्जिकल मास्क १ हजार थान, ५ लिटर सेनिटाईजर, गोजीमा राख्ने सेनिटाईजर ३ दर्जन, ५ पिस वाईजर ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीलाई हस्तान्तरण गरिएको हो । कोरोना संक्रमणको लहरले आक्रान्त भएको अवस्थामा आफ्नो ज्यानको पर्वाह नगरि दिन रात खटिदै आएको नेपाल प्रहरीलाई आफुले ब्यक्तीगतरुपमा स्वास्थ्य सामग्री प्रदान गरेको गुरुकुल ईन्टिच्युट अफ टेक्निकल एजुकेशनका निर्देशक भिम कुमालले बताएका छन् । ‘कोरोनाबाट हामीलाई जोगाउन आफै असुरक्षित रही भोक प्यास नभनी जनताको सुरक्षार्थ खटिदै आएका सुरक्षाकर्मीलाई आफुले भ्याएजती स्वास्थ्य सामग्री सहयोग गरेको हु’ गुरुकुल ईन्टिच्युट अफ टेक्निकल एजुकेशनका निर्देशक भिम कुमालले भने ।

सामाजसेवी भिम कुमालले कोभिड १९ को संक्रमण रोक्न फ्रन्ट लाईनमा उभिएका सुरक्षाकर्मी वर्षा तथा गर्मीमा ड्युटी गर्दै आएको सुरक्षाकर्मीहरुलाई आफुहरुले थोरै भएपनि सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै समय समयमा सुरक्षाकर्मीहरुलाई आफुहरुले भ्याए सम्म सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् । कोरोना नियन्त्रणको जोखिमको बेला स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीले भिम कुमाललाई धन्यबाद दिएका छन् । ‘कोरोना संक्रमणको बेला सरकारले लगाएको लकडाउनलाई कार्यान्वय गर्न स्वास्थ्य सामग्रीको खा“चो रहदै आएकोमा स्वासथ्य सामग्री सहयोग गर्नुभएकोमा भिम कुमालजीलाई धन्यबाद्’ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीले भने ।

बिगतका दिनहरुमा समेत दोधारा चाँदनी नगरपालिका वडा नं. २ निवासी तथा रुकुल ईन्टिच्युट अफ टेक्निकल एजुकेशनका निर्देशक भिम कुमालले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी ब्यक्तीगतरुपमा सबै भन्दा बढी सहयोग गरेका हुन् । उनले बिगतका दिनहरुमा दोधारा चाँदनी नगरपालिका कार्यालयलाई चाउ चाँउका पेटी, नगद रकम तथा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरु, पत्रकार तथा लकडाउनको बेला खानाको समस्यामा रहेका गरिब घरपरिवारलाई समेत सहयोग गर्दै आएका हुन् ।


ताजा समाचार

spot_img