दोधारा

स्थानिय सरकारले घोषणा गरेको लकडाउनको उल्लघंन गरेर यदि तपाईं बिना काम बाहिर हिडिरहनुभएको छ ? यदि छ भने तपाईं प्रहरीको फन्दामा पर्न सक्नुहुनेछ् । अत्यावश्यक काम बाहेक त्यत्तिकै हिड्नेलाई नेपाल प्रहरीले कार्वाही प्रकृया अघि बढाएको छ् । कोरोना भाइरसको संक्रमण रोकथामका लागि दोधारा चाँदनी नगरपालिकाले गरेको लकडाउनलाई व्यवस्थित तथा थप कडाई गर्न ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र उसका मातहतका झोलुङ्गे पुल प्रहरी पोष्ट र बाबाथान चौकी जनताको सेवामा कटिबद्ध छ् ।


दोधारा चाँदनी नगरपालिकाले सम्भावित संक्रमणबाट बच्नका लागि गरेको बन्दाबन्दीमा मानिस घर बाहिर निस्कन थालेपछि ईलाका प्रहरी कार्याले थप कडाई गरिएको हो । लकडाउनमा कडाई गरेपछि मानिस पनि छिटफुट रुपमा हिडडुल र सवारी साधन पनि कम चलेका देखिन्छन् । एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चार माध्यम लगाएत अतिआवश्यक सेवाका सवारी मात्र सडकमा गुड्न अनुमती दिईएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चा“दनीका प्रहरी निरिक्षक भरत राज गिरीले लकडाउनमा हिडडुलमा कडाई गरेको बताए ।


बिना ईजाजत सवारी सधान चलाउनेहरुलाई रोक्न तथा अनाहकमा हिड्न नदिन ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक आफै खटिदै आएका छन् । ‘लकडाउनलाई उल्लंघन गर्नेलाई थप कडाइ गरेका छौं’ प्रहरी निरिक्षक गिरीले भने– ‘बिना काम बाहिर निस्कनेलाई नियन्त्रणमा लिएका छौं् ।’ उनका अनुसार यसरी मानिस अनावश्यक रुपमा बाहिर निस्केकालाई नियन्त्रण गर्नका लागि दोधारा चाँदनीका बिभिन्न स्थानमा प्रहरी परिचालन संगै गाडीमा प्रहरीको विशेष टोली परिचालन गरेको छ् । बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाईरसको प्रभावको कारण दोधारा चाँदनी नगरपालिकामा दश दिनको लागी निषेधाज्ञा जारी गरिएको हो । नगरपालिकाले कोरोना संक्रमण रोक्न लगाएको निषेधाज्ञा प्रभावकारी बनाउन बजार र सार्वजनिक सेवा प्रवाहमा प्रहरीले कडाई गर्दै आएको छ् ।












