अत्यावश्यक स्वास्थ्य समाग्री खरिदका लागि सहयोग गर्न वन महासंघलाई आग्रह


कञ्चनपुर

कोरोना महामारीले जनताको ज्यान दैनिक रुपमा लिईरहेका बेला कञ्चनपुरको बेदकोट नगरपालिका स्थित समुदायिक वन उपभोक्ता महासघले महाकाली अस्पताल सहितका स्वास्थ्य संस्थानमा स्वास्थ्य समाग्री खरिदका लागि सहयोग गर्न वन उपभोक्ता महासंघ,वनलाई आग्रह गरेको दछ ।

सामुदायिक वन उपभोक्ता महासंघ बेदकोटका अध्यक्ष राजुराम सार्कीभूलले हस्ताक्षर गरेको विज्ञप्तीमा जिल्लाभरीका साामुुदायिक वनले महामारीका बेला अक्सिजन अभावका कारण मृत्युबरण गरेको अवस्थामा अक्सिजन खरिदका लागि आर्थिक सहयोगको अपिल गरेको छ । कल्याणकारी राज्यले जनताको जिउधनको रक्षा गर्नु प्रथम दायित्व भएपनि महामारीका बेला जनताको समेत दायित्व हुने भएकाले सहयोग गर्न अनुुरोध गरिएको छ ।

विपद्को घडीमा कोरोनाका बिरामीले ज्यान गुमाउनुपर्ने बाध्यता भएकाले राज्यलाई विपद् परेका बेला आ–आफ्नो ठाँउबाट सहयोग गर्नुपर्नेमा जोडदिएका छन । कञ्चनपुरमा अक्सिजन अभाावका कारण जनता धमाधमम ज्यान गुमाईरहेका छन । देशका तीन सरकार छन । तर कसैलाई नागरिकको स्वास्थ् बारे चिन्ता नएको नाागरिक समाजको दुखेसो छ ।


ताजा समाचार

spot_img