दोधारा

सरकारले गरेको निषेधाज्ञाको पहिलो दिन दोधारा चाँदनीको बजारहरु सुनसान भएका छन् । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि संक्रमणको ‘चेन ब्रेक’ गर्न दोधारा चाँदनी नगरपालिकाले गरेको निषेधाज्ञामा सडकमा सवारी साधान गुडेपनि प्रहरीले नियन्त्रणमा लिएको थियो । दोधारा चाँदनी नगरपालिकामा निषेधाज्ञा उल्लंघन गर्ने ३ सय भन्दा बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ् । उनिहरुलाई झण्डै २ घण्टा पछि सम्झाई बुझाई पठाईएको हो । निषेधाज्ञाको पहिलो दिन भएको कारण सवारी साधन चालकहरुलाई नियन्त्रण पछि सम्झाई बुझाई पठाईएको बताईएको छ् । दोधारा चा“दनी नगरपालिकाका मुख्य बजारहरुका तरकारी र खाद्यान्न पसलहरु बिहान २ घण्टा मात्रै खुल्ला रहे ।


जारी गरेको निषेधाज्ञा समयमा दोधारा चाँदनी नगरपालिका सम्पुर्ण बजार बन्द रहेका थिए । सरकारी कार्यालय, बैंक, बित्तिय संस्था तथा गैरसरकारी संस्था बन्द भएको थियो । नगरपालिकाका क्षेत्रका मुख्य बजारहरुमा नेपाल प्रहरी परिचालित गरिएको थियो । ईलाका प्रहरीको मोवाईल गस्ती टोली समेत दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारत सिमाका बस्ती सम्म परिचालित भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीले जानकारी दिएका छन् । भिडभाड हुने स्थानमा प्रहरी परिचालित भएको कारण नगर क्षेत्रमा सुनसान देखियो । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा अरु दिनको दाँजो आज बिरामीको चाँप खासै देखिएन् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा एन्टिजिन परिक्षणको किट नभएको कारण जाँच गर्न आएका ब्यक्ती फर्के ।


कोभिड–१९ को सक्रमण फैलने सम्भावना औंल्याउदै दोधारा चाँदनी नगरपालिकाले घरबाट बाहिर ननिस्कन जारी गरेको आग्रह गर्दै आम नागरिकबाट पुर्णरुपमा पालना गर्न अनुरोध गरेको हो । औषधीउपचार, अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घरबाट बाहिर ननिस्कन दोधारा चाँदनी नगरपालिका कार्यालयले सबैलाई ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले आग्रह गरेको छ् । नगर क्षेत्रको मुख्य बजारहरुमा भने सशस्त्र प्रहरीको उपस्थिती देखिएन् । अरु दिनहरु जस्तो आज निषेधाज्ञाको पहिलो दिनहरुमा भीडभाड हुने दोधारा चाँदनी नगरपालिकाका बजारहरु सुनसान रह्यो । अटेरीका कारण केही मानिसहरु हिडडुल गरेका देखिए भने अधिकांस नागरिकहरु घरमै बसेर दोधारा चाँदनी नगरपालिका कार्यालयको अनुरोध स्वीकार गरेका छन् ।

निषेधाज्ञा उल्लंघन गरे संक्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महिना सम्म कैद वा एक सय रुपैयाँ सम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ् । आमनागरिकलाई गम्भीरता पुर्वक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि घरमै सुरक्षित बस्न दोधारा चाँदनी नगरपालिकाले सुचना जारी गर्दै आएको हो बिश्वब्यापीरुपमा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै दश दिन सम्म दोधारा चाँदनी नगरपालिकाले आज देखि निषेधाज्ञा जारी गरेको हो ।







