कञ्चनपुर

पत्रकार महासंघ शाखा कञ्चनपुरका नव निर्वाचित पदाधिकारीको पदस्थापना गरिएको छ । पत्रकार महासंघ जिल्ला कार्य समिति, प्रदेश तथा केन्दीय प्रतिनिधीलाई प्रमाण पत्रका साथै जिल्ला कार्य समितिलाई पदभार तथा सपथ ग्रहण गराईएको छ । निर्वाचित कार्य समितिलाई प्रमाण पत्रका साथै निर्वाचन संयोजक लक्ष्मीराज जोशीले सपत ग्रहण गराएका छन ।


पत्रकार महासंघ निर्वतमान अध्यक्ष विष्णूदत्त अवस्थी, नव निर्वाचित अध्यक्ष माधव सिह धामी, सल्लाकार शुरेस सिह धामीले पत्रकार महासंघको बृद्धि विकासमा जोडदिएका छन । कार्यक्रममा पत्रकार महासंघ सुप प्रदेशका महासचिव रामसिह ठगुन्ना, पत्रकार महासंघ पुर्व केन्दीय उपाध्यक्ष चित्राङ्ग थापा, प्रेस काउन्सिलका सदस्य हरि प्रशाद जोशी सहितका पत्रकार अगुवाले नयाँ कार्य समितिलाई शुभकाना दिदै नयाँ कार्य समितिको कामना गरेका छन ।

यसका साथै पत्रकार महासंघको दोस्रो तलाको समेत भवन उद्घाटन गरिएको छ । भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले भवनको उद्घाटन गर्दै पत्रकार महासंघको बृद्धि विकासका लागि सहयोगको प्रतिबद्धता जाहेर गरे । भीमदत्त नगरपालिकाको आर्थिक सहयोगमा पत्रकार महासंघको दोस्रो तलाको भवन निर्माण गरेको छ ।






