कञ्चनपुर
महाकाली अस्पतालको आईसियूमा रहेका दुई कोरोना संक्रमितको मुत्यु भएको छ । कोरोना पुष्टी भएर उपचारार्थ भीमदत्त नगरपालिकाका दुई नागरिकको एकै दिन मृत्यु भएको हो ।
मंगलबार भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका ६० बर्षिया र १५ गोबरैयाका ७० बर्षिया पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी(बोक्सर)ले श्वाँसप्रश्वासको समस्या देखिएका दुवै जनाको एक सातादेखि आईसियूमा राखेर उपचार भईरहेको थियो । ‘दुवै जनाको अस्पतालमै उपचारकै क्रममा मृत्यु भएको छ, ‘अध्यक्ष जोशीले भने, ‘शव व्यवस्थापनका लागि मृतक परिवारसंग समन्वय गरेर सेनाको जिम्मा लगाईएको छ ।’


यस अघि महाकाली अस्पतालमा उपचारार्थ भारतबाट आएका भीमदत्त नगरपालिका १५ गोबरैया र १८ भगतपुरका युवकको मृत्यु भएको थियो । कञ्चनपुरका कोरोना तिव्र रुपमा फैलिरहेको छ । महाकाली अस्पतालमा सोमबार ४५ जनामा गरिएको परीक्षणमा ३९ जनामा कोरोना देखिएको छ । अस्पताल स्रोतका अनुसार चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, एव भारतबाट आएका नागरिकका कोरोना देखिएको छ । कञ्चनपुरका कोरोना नियन्त्रण भन्दा बाहिर जाँदा समेत उच्च सुरक्षा सर्तकता अपनाईएको छैन ।








