कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा ग्लोबल डेरीले दुग्ध संकलन केन्द्र (चिस्यान)को विस्तार गरेको छ । लुम्बिनी प्रदेशको कपिलबस्तु ईमलियामा केन्द्रीय संकलन रहेको ग्लोबल डेरीले संकलन केन्द्र विस्तार गरेको हो । प्रदेशका तराईका जिल्ला कैलाली–कञ्चनपुरमा दुग्ध चिस्यान केन्द्र विस्तार गरेको जनाएको छ । ग्लोबल डेरीका प्रबन्ध निर्देशक जनक न्यौपानेले कैलालीको तीन स्थान र कञ्चनपुरका दुई स्थानमा केन्द्र विस्तार गरेको बताए । प्रबन्ध निर्देशक न्यौपानेले सीमावर्ती कैलालीको तीन स्थान र कञ्चनपुरका दुई स्थानमा केन्द्र विस्तार गरेको बताए । ‘सीमावर्ती दुवै जिल्लाका किसानले उत्पादन गरेको दुध बजार नआएर भारतीय बजारमा सस्तोमा बिक्रि गर्न बाध्य भएको समस्या छ, ‘उनले भने, ‘किसानले उत्पादन गरेको दुध हामीले सहज खरिद छौँ ।’ कैलालीको टीकापुर, पहलवानपुर, गुलरा र कञ्चनपुरको पुर्नवास र महेन्द्रनगरमा दुग्ध संकलन केन्द्र संचालन गरिएको छ ।

पुर्नवास नगरपालिका १हुलाकी राजमार्ग ढक्का र भीमदत्त नगरपालिका ५ महेन्द्रनगरमार्ग स्थित महेन्द्रनगर ऐठपुरमा संचालन गरिएको बताए । एक दशक अघि कपिलबस्तुमा स्थापना गरिएको ग्लोबल डेरीले पछिल्ला बर्षहरुमा पश्चिम नेपाल कञ्चनपुरसम्मै ९४ स्थानमा संकलन केन्द्र संचालन गरिएको छ । ‘हामीले ०७० सालदेखि कपिलबस्तुमा दुग्ध उद्योग विस्तार गरेका थियौँ, ‘उनले भने, ‘उद्योगलाई आवश्यक कच्चा पदार्थ दुध संकलनका लागि कञ्चनपुरसम्मै संकलन केन्द्र स्थापना गरेका छौँ ।’ हरेक चिस्यान केन्द्रमा पाँच हजार चारसय लिटर क्षमताको दुध भण्डारण गरिनेछ, उक्त दुध सिधै केन्द्रीय उद्योगमा सप्लार्यस गरिनेछ । ‘सुदूरपश्चिममा २५÷३० हजार क्षमताको चिस्यान केन्द्र विस्तार भएकोछ, ‘उनले भने, ‘थप माग अनुरुप पहाडी जिल्ला डडेल्धुरा, डोटी सहितका जिल्लाहरुमा विस्तार गछौँ ।’ कृषकहरुले उत्पादन गरेका दुध सरकारले तोेकेको मुल्यमा खरिद गर्ने बताउदै सहकारीदेखि दुग्ध व्यवसायी, किसानहरुसग समन्वय सहकार्य गरिने बताए ।

‘हामीले कपिलबस्तुमै दैनिक अढाई लाख लिटर दुध खपत हुने एक धुलो धुलो कारखाना संचालनको तयारी छ, ‘उनले भने, ‘त्यसका लागि हामीले पशुपालनका लागि राम्रो सम्भावना भएका जिल्ला स्थानमा दुग्ध संकलन केन्द्र खोलिरहेका छौँ ।’ १५/१५ दिनमा किसानलाई सरकारले निर्धारण गरेको मुल्य भुक्तानी गर्ने र किसानले समेत स्वच्छ, ताजा दुध बिक्रि वितरण गर्नुपर्ने मिल्कएनालाईजर मेसिनबाट दुधको गुणस्तर नापिनेछ । सुदूरमा दुध संकलन केन्द्र स्थापनासंगै निकट भविष्यमै प्रशोधन सहित बिक्रि केन्द्र समेत विस्तार गरिनेछ । यस अघि कपिलबस्तु सहित काठमाण्डौँ, पोखरा, भैरबाह, नेपालगञ्जमा रहेको बिक्रि केन्द्र अब धनगढीमा विस्तार गरिनेछ । सुदूरपश्चिम कैलाली, कञ्चनपुरमा दुग्ध चिस्यान संकलन केन्द्र विस्तार भएसंगै यस क्षेत्रका किसानहरुलाई दुध बिक्रि वितरण गर्न सुविधा हुने जनाईएको छ ।

खप्तड सहकारीका अध्यक्ष समेत रहेका दुग्ध उत्पादक किसान पूर्णसिह साउदले आफुहरुले ग्लोबल डेरीको स्थलगत अनुगमन गरेपछि संकलन केन्द्रमा दुध बिक्रि वितरण गर्न लागेको बताए । ‘हामीले कपिलबस्तुमै गएर डेरी र धुलोदुध बनाउने कारखानाको स्थलगत अनुगमन गरेर फकिएका छौँ, ‘उनले भने, ‘किसानबाट हाम्रो सहकारीमा प्राप्त दुध यहाँ बिक्रि वितरण गछौँ ।’ उनले हिउँदमा दुध खपत हुने अवस्थामा अब सुविधा हुने बताए । सृजना सहकारी संस्था दोधाराका दुध संकलन संयोजक गोबिन्द भट्टले ग्लोबल डेरीको दुध संकलन केन्द्र विस्तारसंगै सीमावर्ती किसानले उत्पादन गरेको दुध बिक्रि वितरण गरिने बताए । उनले यस अघि किसानले भारतीय बजारमा दुध बिक्रि वितरण गर्नुपर्ने बाध्यता रहेको अब स्वदेशमै बिक्रि वितरणमा टेवा पुग्ने बताए ।
क्ञ्चनपुरका अगुवा धनानन्द लेखकले जिल्लामा डेरी स्थापनासंगै किसानलाई ठुलो राहत पुग्ने बताए । लेखकले किसानले उत्पादन गरेको उचित मुल्य पाउने भएपछि व्यवसायिक पशुपालनमा उत्साहित हुने बताए । अर्की महिला अगुवा सरस्वती रावलले पनि किसानले उत्पादन गरेको दुध सहज खपतका लागि केन्द्र मार्फत सुविधा हुने बताए । जिल्लामा ठुलो परिमाणका दुग्ध भण्डारण केन्द्र संचालन गरिसंगै पशुपालक किसानलाई न्यायोचित मुल्य पाईनेछ ।










