कञ्चनपुर : कञ्चनपुरमा पछिल्ला बर्षहरुमा ठुला बन्यजन्तु हात्ती, बाघ, गैडा आक्र्रमणका घटनाहरु निरन्तर बढिरहेका छन ।
जिल्लाका विभिन्न गाँउबस्तीहरुमा निरन्तर हात्तीले आक्र्रमण गरेपनि आरक्षपीडित शिबिरमा बर्षनी हात्तीको आक्र्रमणबाट एक/एक मानिसले ज्यान गुमाउनेदेखि घाईते, घर टहरा भत्काउनेक्रमा जारी रहेको छ । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष मोतिराम डगौराले २५ बर्ष अघि तत्तकालिन सरकारले निकुञ्ज विस्तारका क्रममा घरेलु हात्ती लगाएर घर भत्काउँदै विस्थापित गरेको र अहिले जंगली हात्तीले नियमित रुपपमा अन्नबालीदेखि घरटहरा, मानिसमाथि आक्र्रमण निरन्तर गरिरहेको बताए । भाईटीकाकै दिन जंगली हात्तीको आक्र्रमणमा परेर शुक्लाफाँटा नगरपालिका १तारापुरकी ६० बर्षिया लक्ष्मी डगौराले ज्यान गुमाएकी छिन । अध्यक्ष डगौराले लक्ष्मीसंगै उनका श्रीमान पनि संगै रहेको हात्तीले घर भत्काउन शुरु गरेपछि श्रीमान भागेका तर, श्रीमती भाग्न नसकेपछि हात्तीले कुल्चिएर आक्र्रमण गर्दै मारिदिएको बताए ।गत बर्ष ०८३ माघ अन्तिम साता पनि लालझाडी गाँउपालिका ६ढक्का शिबिरमा बस्दै आएकी ५५ बर्षिया रोजिना साउदको मृत्यु भएको थियो ।गत बर्ष कार्तिक पहिलो साता अर्का आरक्षपीडित ६५ बिर्षिया श्रीप्रशाद आचार्यको बेलौरीदेखि ढक्का शिबिर आउनेक्रममा विच जडलमा आक्र्रमण भएको थियो ।

६ बर्ष अघि मंसिर आन्तिम सातातिर ४५ बर्षिया खगिरानाको घरमा आक्र्रमण गरेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो ।
आरक्षपीडित शिबिरमा बर्षनी निरन्तर जंगली हात्तीले अन्नबाली, घर टहरा भत्काईदिनेदेखि मानिसमाथि आक्र्रमण गरेर निरन्तर क्षति पु¥याईरहेको छ । पाँच बर्षको अवधिमा चार आरक्षपीडितले ज्यान गुमाएका छन, भने सोही अनुरुप जिल्लाका आसपास गाँउबस्तीहरुमा समेत मानिसले ज्यान गुमाईरहेका छन । कञ्चनपुरका युवा अगुवा एव क्रान्तिकारी कम्युनिष्ट पाटीका जिल्ला इन्चार्ज राम बहादुर महरा(चिन्तक)ले जिल्लामा आरक्षपीडित सहित अन्य गाँउबस्तीहरुमा हात्तीले निरन्तर आक्र्रमणका घटना घटाउँदा समेत तीनै तहका सरकारले मिलेर नागरिक बताउने योजना ल्याउनुपर्नेमा जोडदिएका छन । उहाँले वन्यजन्तु र मानवविच ग्रामिण भेगतिरद्वन्द्व बढिरहेको बताए । उनले चुरे, सामुदायिक वन, निकुञ्ज एव सरक्षित वन क्षेत्र आसपासका बस्तीहरुमा पछिल्ला दिनहरुमा मानव र वन्यजन्तुविच बढिरहेको बताउँदै द्वन्द्व न्यूनिकरणका लागि बन्यजन्तुका लागि वनभित्रै आहारा,पानीको प्रबन्ध गर्नुपर्ने बताए । यसैविच शुक्रबार आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जय बहादुर रोकायाले पीडितलाई क्षतिपूर्ति राहतका लागि प्रमुख जिल्ला अधिकारी मदन कोईरालासंग भेटघाट गरेको बताए । उनले पीडितलाई उचित क्षतिपूर्ति राहत र घटना स्थलको स्थलगत अनुगमन गरेर अघि बढ्न अनुरोध गरेका थिए ।

घटनाकै दिन शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले पीडित परिवारलाई आवश्यक राहत दिने आवश्वासन दिएका थिए । सामुदायिक वन समन्वय समितिका अध्यक्ष एव सरक्षणकर्मी महेश दत्त जोशीले वन्यजन्तु र मानवविच ग्रामिण भेगतिरद्वन्द्व बढिरहेको बताए । उनले चुरे, सामुदायिक वन, निकुञ्ज एव सरक्षित वन क्षेत्र आसपासका बस्तीहरुमा पछिल्ला दिनहरुमा मानव र वन्यजन्तुविच बढिरहेको बताउँदै द्वन्द्व न्यूनिकरणका लागि बन्यजन्तुका लागि वनभित्रै आहारा,पानीको प्रबन्ध गर्नुपर्ने बताए । उनले मानविय व्यवहार र परम्परागतदेखि भन्दा जंगल छेउछाउमा वैकल्पिक खेती गर्नुपर्ने बताए । पुर्व सुप प्रदेश सभा सदस्य समेत रहेका सरक्षणकर्मी जोशीले यस राहतदेखि मानव बन्यजन्तु विचकोद्वन्द्वको विषयमा प्रदेश सभामै समेत विषय उठान गरिएको बताए । उनले कञ्चनपुरमा प्रदेश र संघीय सरकारमा वनमन्त्री भएकाले सरोकारवालाले अहिलेदेखि नै गम्भिर भएर समस्या समाधान तर्फ जोड दिनुपर्ने बताए । त्रिभुवन विश्वविद्यालय सिद्धनाथ विज्ञान क्याम्पस उप प्राद्याध्यापक एव मानव बन्यजन्तुविचको द्वन्द्वको अध्ययन अनुसन्धान गर्दै आएका डा. बलराम पन्तले मानव बस्ती विस्तारसंगै वनजंगलमा बन्यजन्तुका लागि आवश्यकता अनुसार प्रसस्त आहाराको अभाव, बन्यजन्तुका कोरिडोर मासिदै गएको बताए ।

‘हात्ती बाघ जस्ता ठुला जनावर हिड्ने मार्ग नासिदै गएको छ, ‘उनले भने, ‘बन्यजन्तुका हिड्ने मार्ग रिस्टोर भएनन, जसका कारण बन्यजन्तु मानवबस्तीतिर गएरद्वन्द्व बढिरहेका छन ।’ कञ्चनपुरमा सिजन अनुरुप हात्तीको मुभमेन्ट बढिरहेको बताउँदै उनले जिल्लामा सबैभन्दा बढि हात्तीकै आक्रमणका घटना भईरहेको बताए । उनले मानव बन्यजन्तुविचकोद्वन्द्व न्यूनिकरणका लागि सचेतना सहित रेडियो कोलार जडान गरेर हात्ती सहितका ठुला जनावर मुभमेन्ट हुने क्षेत्रमा पुर्व सुचना प्रणाली अबलम्बन गर्नुपर्ने बताए । डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख विषेश्वर प्रशाद जोशीले पछिल्ला बर्षहरुमा वनजंगल साघुरिदै गएको, मानव बस्ती विस्तारसंगै बन्यजन्तु र मानवविचद्वन्द्व बढीरहेको बताए । ‘सदियौँदेखि बन्यजन्तु नेपाल भारतका वनमा ओहोरो–दोहोरो गर्दै आएका थिए, अहिले उनीहरुको कोरिडोर नासिदै गएको छ, ‘त्यसैले बन्यजन्तु र मानवविचद्वन्द्वका घटना घटिरहेका छन, वनमाथि मानविय गतिबिधीले समेत बन्यजन्तुको आक्र्रमणमा मानिस परिरहेका छन ।’ नागरिकले पटक पटक ठुला बन्यजन्तुको आक्र्रमणबाट जोगाईदिन आग्रह गर्दै आएका छन ।










