चुरे खल्लागोठ सिस्ने क्षेत्र हात्तीका लागि प्रजनन केन्द्र बन्दै


कञ्चनपुर : कञ्चनपुरको उत्तरी चुरे खल्लागोठ सिस्ने वन क्षेत्र हात्तीका लागि प्रजनन केन्द्र बन्दै गएको छ । कृष्णपुर नगरपालिका २जनहित सामुदायिक वनको खल्लागोठ सिस्ने क्षेत्र हात्तीका लागि प्रजनन केन्द्र बन्दै गएको हो । पाँच बर्ष अघि एक सुत्केरी हात्ती उक्त क्षेत्रमा आएर बच्चा जन्माएको थियो, फेरी अहिले पनि अर्को सुत्केरी हात्तीले एक बच्चा जन्माएको छ ।

सोमबार बिहान खल्लागोठ क्षेत्रमा हात्तीले बच्चा जन्माएको सामुदायिक वनले जनाएको छ । जनहित महाकाली सामुदायिक वनका अध्यक्ष तुलसीराम चौधरीले केहीदिनदेखि हात्तीको बथानको मुभमेन्ट भएको र आज बिहान मात्रै एक बच्चा देखिएको बताए । ‘दुई दिन सुत्केरी हात्तीले रगत बगाएको दृष्य देख्यौँ, ‘उनले भने, ‘आज हात्तीको बच्चा पनि देखियो ।’

सरक्षणकर्मी समेत रहेका चौधरीले पाँच बर्ष अघि पनि उक्त स्थानमै बच्चा जन्माएको थियो । सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले महाकाली जनहित सामुदायिक वनकै खल्लागोठमा पाँच बर्ष अघि पनि हात्तीले बच्चा जन्माएकाले अहिले पनि त्यही स्थानमा जन्माएको बताए ।

‘खल्लागोठ सिस्ने अब हात्तीको बच्चा जन्माउने स्थान सुरक्षि देखियो, ‘उनले भने, ‘एक महिनादेखि हात्तीको बथानको उक्त क्षेत्रमा मुभमेन्ट थियो ।’  हात्ती सुुत्केरी हुनका लागि उक्त चुरे क्षेत्र सुरक्षित देखिएको भन्दै थप प्रजनन केन्द्र निर्माणका लागि आवश्यक रहेको औल्याए । |यो स्थानम हात्तीले बच्चा जन्मायो, अब हात्तीले आफ्नो बच्चा हुर्काउनका लागि कम्तिमा पनि दुई महिना त्यही बस्छ, ‘उनले भने, ‘हात्तीले बच्चा हुर्काउने क्रममा मानव बन्यजन्तुविचकोद्वन्द्व बढ्ने भएकाले त्यसतर्फ समेत हामी सरोकारवाला सचेत हुनुपर्छ ।’

डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख विषेश्वर प्रशाद जोशीले वन सरक्षण हुँदा बन्यजन्तुले समेत आफ्नो प्रजननका गतिबिधी जिल्लामा बढाउन लागेको बताए । उनले हात्तीले जन्माएको बच्चाको सुरक्षाका लागि डिभिजन वन कार्यालयले आवश्यक सरोकारवाला निकायसंग समन्वय गरेर अघि बढ्ने बताए । कञ्चनपुर चुरे वन क्षेत्रमा ठुला बन्यजन्तु प्रजननका लागि सुरक्षित बन्दै गएको सरोकारवालाको भनाई छ ।


Loading Viewer...

ताजा समाचार

spot_img