सहयात्रा नेपालको १७औँ वार्षिक साधारणसभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न

पुरानै कार्यसमितिलाई निरन्तरता, दुई सदस्यमा मात्रै फेरबदल


महेन्द्रनगर: कञ्चनपुरको महेन्द्रनगरमा सहयात्रा नेपालको १७औँ वार्षिक साधारणसभा तथा सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ।

बिहिवार होटल चेतनको सभाहलमा आयोजित कार्यक्रम सहयात्रा नेपालका अध्यक्ष राजु लामाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा संस्थाले विगत एक वर्षमा सञ्चालन गरेका सामाजिक गतिविधि, उपलब्धि, आर्थिक अवस्था तथा आगामी कार्ययोजनाबारे समीक्षा तथा छलफल गरिएको थियो।

साधारणसभाले संस्थाको कार्यसमितिलाई निरन्तरता दिएको छ। कार्यसमितिमा दुई जना सदस्यमा मात्रै फेरबदल गरिएको सचिव लालमणी भट्टले जानकारी दिनु भएको हो। उनका अनुसार दुई सदस्य धनबहादुर महता र प्रीयांशु देउपा नयाँ थपिएका छन् भने बाकी पदाधिकारी तथा सदस्यलाई निरन्तरता दिइएको छ।

कार्यक्रममा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, कर्मचारी, सरोकारवाला तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले संस्थाले समुदायमा पुर्‍याउँदै आएको योगदानलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा सामाजिक लेखापरीक्षणसम्बन्धी विषय प्रस्तुत गरी आवश्यक छलफलसमेत गरिएको थियो।


Loading Viewer...

ताजा समाचार

spot_img