खोर भित्रैबाट चितुवाले दोधारा चाँदनीमा बाख्रा खायो


दोधारा । पछिल्लो समय कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा चितुवा आतंक बढेको छ् । रातको समयमा चितुवा मानव बस्तीमा पस्दा स्थानीयमा त्रास पैदा भएको छ् । गए राती दोधारा चाँदनी नगरपालिका– ६ रेशमी टोलमा रातीको समयमा चितुवाले खोर भित्रैबाट एक बाख्रा चितुवाले खाएको छ् । रेशमी टोलका प्रेमकली थापाको खोरबाट चितुवाले बाख्रा खाएको हो ।

मध्यरातमा बाख्रा कराएको र डरले बाहिर निस्कन नसकेको प्रेमकली थापाले बताउनुभयो । राती बाहिर निस्कादा आफ्नो ज्यान जोखिममा रहने भएकाले बाहिर ननिस्केको उहाँको भनाई छ् । एउटा माउ बाख्रा खोर नजिकै मरेको अवस्थामा फेलापरेको उहाँको भनाई छ् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बिगत लामो समय देखि चितुवाले मध्यरातमा बाख्रा माथी आक्रमण गर्ने अझै नरोकिएको स्थानियबासीहरु बताउछन् ।


Loading Viewer...

ताजा समाचार

spot_img