महेन्द्रनगर : नेपाल कञ्चनपुरले २०औं मानब बेचविखन बिरुद्धको राष्ट्रिय दिवसको अवशरमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि सचेतना फैलाउन घरदैलो तथा पर्चा पम्फलेट बितरण कार्यक्रमको आयोजना गरको छ । ‘प्रविधिको सही प्रयोग र सजगताःमानव बेचविखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ सिमावर्ती क्षेत्र दोधाराचांदनी–१, पशुपति टोलमा सचेतना कार्यक्रम सञ्चालन गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी गराए । संयोजक भट्टका अनुसार जब–जब कुनै स्थान वा क्षेत्र बिशेषमा बिपत्ती पर्दछ, त्यस्तो बेलामा त्यस्ता ठाउंहरुमा दलालहरु अत्याधिक सकृय हुन्छन् र मानव बेचविखनका घटनाहरुमा अप्रत्यासित बृद्धि हुने गरेको छ ।

दलालहरुले जहांसुकै बाट जो सुकैलाई जसरी भए पनि आफ्नो चंगुलमा पार्न सफल भए पनि अन्ततः सिमापार गराउनै पर्छ । यस्तोमा सिमा क्षेत्रका नागरिकलाई सचेत गराएर मानव बेचविखन नियन्त्रणमा परिचालन गराउन सके उनीहरुले वाच डगको रुपमा उल्लेख्य भुमिका खेल्न सक्ने भएकाले यो सचेतना अभियान सञ्चालन गरेको संयोजक भट्टले बताईन् । राष्ट्रिय बिपत्तीको समयमा सिमाक्षेत्रमा रहेर मानव बेचविखन नियन्त्रणमा काम गर्ने सरकारी गैरसरकारी संघसंस्थाहरुले बढी सावधान र चनाखो र सजग भएर काम गर्नुपर्ने हुन्छ । अहिले नेपालमा पनि बाढी पहिरोका कारण ठूलो बिपत्ती आईलागेको छ र यो समयमा बिशेष सावधानी अपनाउनु जरुरी छ । भदौ १० गते रसुवामा आएको भीषण बाढी पहिरो समेत देशका बिभिन्न स्थानमा आईरहेका बाढी पहिरोका कारण सिंगो मुलुक नै प्रभावित भएको छ ।

कति जनाले ज्यान गुमाए, कति घाइते छन् र कति बेपत्ता छन यकिन हुन सकेको छैन । यस्तो संकटको घडीमा नै दलालहरु सबैभन्दा बढी चलायमान हुने र पीडित परिवारका सदस्यहरुलाई बिभिन्न बहानामा सजिलै बिश्वासमा लिई सिमापार गराउने सम्भावना अत्याधिक रहन्छ–संयोजक भट्टले भने यस्तो बिपत्तीको समयमा मानव बेचविखन तथा ओसारपसारका घटनामा एक्कासी बृद्धि हुने सम्भावना रहन्छ । यस्तोमा एकातिर स्थानीय सरकार, प्रदेश र संघीय सरकार लगायत सबैको ध्यान बाढी पिडितहरुको उद्धार, पुनर्स्थापना, राहत बितरण तथा आम नागरिकको जीवन सुरक्षित गर्नमा लागेको छ भने अर्कातिर मानव बेचविखनको संगठित अपराधमा संलग्न ब्यक्ति/समुहहरु भने यो अवस्थाको भरपुर फाईदा उठाउने दाउमा लागेका हुन्छन ।

यस्तो कठिन समयमा सिमावर्ती क्षेत्रका बासिन्दाहरुले आ–आफ्ना समुदायमा अत्यन्त चनाखो भएर काम गर्नु जरुरी छ । मानव बेचविखन तथा ओसारपसारको जोखिम अति उच्च भएको यो घडीमा सिमावर्ती क्षेत्रका बासिन्दा माझ सचेतना फैलाएर उनीहरुलाई स्वतःस्फूर्तमा मानव बेचबिखन नियन्त्रणको अभियानमा सहभागी गराउन सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । माइती नेपालको यस अभियानमा ऐक्यबद्धता जनाउंदै घरदैलो कार्यक्रममा सहभागी भएका दोधाराचादनी न।पा। १ का वडाध्यक्ष बिक्रम चन्दले माइती नेपालको यो सचेतना अभियान एकदमै प्रभावकारी र यस्तो बिषम् परिस्थितिमा अत्यन्त जरुरी रहेको बताए । उनले भने यस अपराधमा लागेका ब्यक्तिहरुका लागि यो सुनौलो अवसर हो र यस अवसरको पुरा पुरा फाईदा उठाउन उनीहरु भरसक्के प्रयास गर्ने सम्भावना हुन्छ ।
दोधाराचांदनी उसै पनि मानव बेचविखन तथा ओसारपसारका लागि ट्रान्जिट प्वाईन्टकारुपमा बिकसित हुंदै गएकोमा यस संकटको घडीमा यो क्षेत्रका बासिन्दालाई घरघरमै पुगेर जानकारी गराएकोमा माइती नेपाललाई धन्यबाद दिंदै अध्यक्ष चन्दले माइती नेपालको यस अभियानमा आफु सक्रिय भएर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । माइती नेपालको टोलीले दोधाराचा“दनी १, पशुपति टोलका कम्तिमा ७५ घरदैलोमा पुगेर चारसय जना बढी स्थानीयबासीलाई प्रत्यक्ष भेटेर मानव बेचविखन तथा यसको रोकथमका उपाय र स्थानीयबासीले खेल्न सक्ने भूमिकाका सम्बन्धमा जानकारी गराएको छ । मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा दुई दशक देखि काम गर्दै आएको संस्था माइती नेपालले कञ्चनपुर जिल्लामा स्थानीय स्तर देखि अन्तर्राष्ट्रिय स्तर सम्म बिभिन्न तह र तप्कामा समयसापेक्ष प्रभावकारी काम गर्दै यो क्षेत्रमा काम गर्ने जिल्लाकै उत्कृष्ट र अग्रणी संस्थाको रुपमा आफुलाई स्थापित गरेको छ ।










