विपद् व्यवस्थापनलाई थप बलियो बनाउन जनप्रतिनिधी र स्थानियबासी बिच अन्तरक्रिया


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपद् व्यवस्थापनलाई थप बलियो बनाउन स्थानियबासी र जनप्रतिनिधी बिच अन्तरक्रिया सम्पन्न गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) जलवायु उत्थानशील समुदाय (सिआरसी) परियोजनाको आयोजनामा दोधारा चाँदनी नगरपालिका– ३ का जनप्रतिनिधी र स्थानियबासी बिच एक दिने विपद् व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न गरिएको सिआरसी परियोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत गोबिन्द नारायण उपाध्यायले जानकारी दिनुभएको छ् । विपद्को जोखिम न्यूनीकरण गर्न र पूर्व तयारीलाई बलियो बनाउन वडाका जनप्रतिनिधी र स्थानियबासीहरुको बिच अन्तरक्रिया सञ्चालन गरिएको उहाँले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्ला बस्तीमा बिगत लामो समय देखि वर्षेनी जगबुडा नदीको बाढी बस्तीमा पसेर ठुलो धनमालको क्षती बनाउदै आएको हुदै आएको अवस्थामा उक्त बस्तीलाई लक्षित गर्दै अन्तरक्रिया सञ्चालन गरिएको सिआरसी परियोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत गोबिन्द नारायण उपाध्यायले बताउनुभएको छ् ।

अन्तरक्रियामा बिशेष गरि तटबन्धन कमजोर भएको हुदा मर्मत गर्नु पर्ने स्थानियबासीहरुबाट आवाज उठेको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष तथा नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभएको छ् । स्थानिय सरकारले दोधारा चाँदनी नगरपालिकाको पटरा खल्ला सहित कुतियाकवर बस्ती, सुन्दरनगर, अठार नम्वर पिल्लर बस्ती र कञ्चनभोज बस्तीलाई बाढीको उच्च जोखिमको बस्ती घोषणा गरि सोही अनुसार बाढी व्यवस्थापनको लागी कार्य गर्दै आएको बताउनुभयो ।

बाढी ब्यवस्थापनलाई थप प्रभावकारी बनाउन बिभिन्न समयमा सुरक्षा अंग तथा सरोकारवालाहरु संग स्थानिय सरकारले अन्तरक्रिया तथा छलफल सञ्चालन गर्दै आएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष तथा नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभएको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img