पोखरी विषाक्त हुदा किसानको ३ लाख बराबरको माछा खाल्डोमा


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा एक किसानको पोखरीमा ३ लाख मुल्य बराबरको माछा मरेको छ् । दोधारा चाँदनी नगरपालिका– १ चक्की बजार नजिक रहेको गंगोत्री सेठ्ठीको ३ कट्टा क्षेत्रफलमा रहेको माछा पोखरीमा मंगलवार अचानक माछा मरेको हो । पोखरीमा झण्डै ३ कुन्टल माछा मरेको सेठ्ठी पोल्ट्री फर्म एण्ड माछा बंगुर पालन फर्मका सञ्चालक गंगोत्री सेठ्ठीले बताउनुभएको छ् । केही दिनमा माछा बिक्रीको तयारीमा रहेका सेठ्ठीले झण्डै २ वर्ष देखि माछा पालन गर्दै आएका थिए । उक्त पोखरीमा नैनी, कमन र ग्रासकार्प जातका माछा पालन गर्दै आएको गंगोत्री सेठ्ठीले बताउनुभएको छ् ।

बिक्रीको तयारीमा रहेको सबै माछा पोखरीमा मरेपछि आफ्नो मेहनत र पैसा सबै खेर गएको उहाँले बताउनुभएको छ् । भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका मत्स्य विकास अधिकृत गणेश धामीका अनुसार पोखरी बिषाक्त भएको कारण माछाहरु मरेको बताउनुभएको छ् । पोखरीमा एमोनियाको मात्रा बढ्नुका साथै अक्सिजनाको मात्रा कम भएको कारण पोखरीमा माछा मरेको हुनसक्ने उहाँले बताउनुभयो ।

पोखरी बिषाक्त हुनु, अक्सिनको मात्रा कम हुनु, एमोनियाको मात्रा बढ्नु लगाएत माछाको घनत्व बढेको कारण माछा मरेको हुनसक्ने भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका मत्स्य विकास अधिकृत गणेश धामीको भनाई रहेको छ् ।

 


Loading Viewer...

ताजा समाचार

spot_img