रास्वपाको र्‍यापिड एक्सन टिमद्धारा दोधारा चाँदनीमा बृक्षरोपण कार्यक्रम


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को र्‍यापिड एक्सन टिमले बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिका– १ कालिका मन्दिर परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीको र्‍यापिड एक्सन टिमले बगैना, सर्पगन्धा, लिपलिपे लगाएत बिभिन्न प्रकारका बिरुवा रोप्ने कार्य सम्पन्न गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनीका सभापती पुरन कुमालले बताउनुभएको छ् । कालिका मन्दिर परिसरमा झण्डै ४ सय बिभिन्न प्रकारका बिरुवा रोपिएको राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनीका सभापती पुरन कुमालले बताउनुभएको छ् ।

पार्टीको कार्यक्रम अन्तर्गत वातावरणको संरक्षण गर्दै पर्यावरणलाई सन्तुलन राख्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बिभिन्न समयमा बृक्षरोपण कार्यक्रम अघि बढाईएको उहाँले बताउनुभएको छ् । वातावरण संरक्षण, जलवायु परिवर्तनको असर कम गर्न र हरियाली प्रवद्र्धनका लागि वृक्षारोपण गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनीले जनाएको छ् ।

कार्यक्रममा रास्वपा नगर कार्यसमिति, र्‍यापिड एक्सन टिमका पदाधिकारी लगाएत बन संरक्षणमा कार्य गर्ने ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img