कञ्चनपुर : नेपाल विद्युत प्राधिकरणको चरम लार्पबाहीले कञ्चनपुरको बेलौरीकी एक महिलाले अकालमै ज्यान गुमाएकी छिन । विद्युत प्राधिकरण वितरण शाखा बेलौरीको लार्पबाहीले सोही नगरपालिका ६ भुराकोटकी ५३ बर्षिया अनिता पन्तले युवास्थावमै ज्यान गुमाएकी हुन । बुधबार बिहान खेतमा घाँस काटिरहेका पन्तलाई भुईमा लत्रिएको विद्युत तारबाट करेन्ट लागेको मृत्यु भएको प्रहरीले जनाएको छ । घाँस काटिरहेकी पन्त करेन्ट लागेर घाईते भएपछि उनलाई उपचारका लागि आफन्त, छरछिमेकीले स्थानीय जगदम्बा अस्पतालमा पु¥याएका थिए, तर अस्पताल पुग्दा पन्तले संसार छाडिसकेकी थिईन । मृतका आफन्तदेखि स्थानीयले विद्युत पोलबाट लत्रिएको तार भुईसम्मै परेका करेन्ट लागेर लागेर पन्तको मृत्यु भएको दावि गरेका छन ।

आकासमा हुने विद्युत तार सिधै भुई जमिनसम्मै लत्रिदा समेत विद्युतले उक्त तार बारे समयमै सावधानीदेखिका चासो नराख्दा पन्तले ज्यान गुमाएको आफन्तको भनाई छ । विद्युतले आफ्नै ग्राहकमाथि यस्तो अन्याय गरेको भन्दै आफन्तले छानबिनको माग अघि सार्दै लार्पबाही गर्नेमाथि कार्बाहीको माग अघि सारेका छन । विद्युतले घरसायी प्रयोजनका लागि जडान गरेका विद्युतमा समस्या देखिएन सुधार नगर्ने ठुला उद्योगी, व्यवसायीहरुले जडान गर्दै आउने ट्रान्समिटरमा मात्रै ध्यान दिने आफ्नै ग्राहकलाई ज्यान गुमाउन बाध्य गरेको भन्दै चौतर्फि आलोचना भईरहेको छ । मृतका आफन्तले विद्युतको लार्पबाहीले मानिसको अकालमै ज्यान गएको भन्दै छानबिनको माग अघि सारेका छन । नेपाल विद्युत प्राधिकरण बेलौरीका प्रमुख हिक्मत बिसीले विद्युतको लार्पबाहीका कारण पन्तको ज्यान नगएको दावि गरेका छन ।

उनले घाँस काट्ने अज्ञानी महिलाको असावधानी भन्दै मृतकमाथि नै दोषारोपण गरेका छन । मृतको एक्लो घर भएका पन्तले विद्युत तारमा छुन जाँदा दुर्घटना भएको उनको दाव छ । ‘पन्तको घरसम्म थप विद्युत पोल दिन सकिएको छैन, उनले भने, ‘साविक पोलबाट भन्दा झण्डै ६/७सय मिटर ढाटा मृतकको घर छ ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेक बहादुर रावलले घटनाको अनुसन्धान भईरहेको बताए । स्थानीयले भने, विद्युतकै लार्पबाहीले मानिसले अकालमै ज्यान गुमाउन लागेपनि विद्युतले समस्याग्रस्त क्षेत्रमा चासो नदिएको भन्दै आक्र्रोस व्यक्त गरिरहेका छन । जहाँ विद्युतमा समस्या आउँछ, पटक पटक ताकेता गर्दा समेत प्राविधिक नपठाएर सेवाग्राहीको मर्म भावना समस्या माथि चासो नदिएको समेत सेवाग्राही नागरिकहरुले दुखेसो पोखेका छन ।











