कञ्चनपुरमा विश्व आदिवासी जनजाति दिवस : नयाँ सविधानले जनजाति समुदाय राज्यको मुलधारमा


कञ्चनपुर : कञ्चनपुरमा पनि विवित कार्यक्रमका साथ विश्व आदिवासी जनजाती दिवस मनाईएको छ । आइतबार महेन्द्रनगरमा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरको आयोजनामा ३२औँ विश्व आदिवासी जनजाती दिवस मनाईएको हो ।
‘प्राप्त अधिकारको रक्षा आजको आवश्यता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ मुल नाराका साथ दिवस मनाईएको नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरले जनाएको छ । नेपाल आदिवासी जनजाती महासंघद्ध जिल्ला समन्वय परिषद् कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले गत विगतका बर्षहरु जस्तै यस बर्षपनि विवित साँस्कृति सहित शुभकामना आदान प्रदान गरेर दिवस मनाएको बताए ।

उनका अनुसार नेपाल आदिवासी जनजाती महासंघमा आबद्ध नेपाल सस्कृत विश्वविद्यालय शारदा विद्यापिठका आचार्य मोहन चौधरी र समाजिक विकास मन्त्री समेत रहेका बेल बहादुर रानालाई सम्मान गरिएको छ ।कार्यक्रममा विभिन्न सरोकारवाला क्षेत्रले आदिवासी जनजाती समुदायको हक अधिकार नयाँ संविधानदेखि हालसम्मका संघर्ष जनयुद्ध, दोस्रो जनआन्दोलनले समावेसी संविधान आएको बताएका छन । नयाँ संविधाकै कारण आज राज्यका हरेक निकायमा जनप्रतिनिधीदेखि कर्मचारी आदिवासी जनजाती समुदायबाट प्रतिनिधित्व रहेको औल्याएका छन । नेपाल कम्युनिष्ट पाटी(नेकपा) नेता समेत रहेका प्रकास रावलले नयाँ संविधानले आदिवासी समुदायको राजनैतिक, प्रशासनिक अधिकार प्राप्त भएकाले रक्षामा जोडदिएका छन ।

पुर्वमन्त्री एव प्रदेश सासद समेत रहेका रावलले संविधानबाट प्राप्त उपलब्धी रक्षामा जोडदिएका छन ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सासद गिता चौधरीले समेत संविधानले दिएका हक अधिकारको उपभोगमा जोडदिदै भावि दिनमा थप अधिकारका लागि पैरवी गर्ने प्रतिज्ञा गरिन । आदिवासी जनजाति समुदायका विभिन्न घटकहरुले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कोषाध्यक्ष सानु चौधरी र सचिव सायब रानाले संचालन गरेको कार्यक्रममा महासंघमा आबद्धदेखिका सरोकारवालाको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img