निङ्गलाशैनि बहुउद्देश्यीय सहकारि सस्था लि को समिक्षा तथा निति योजना र कार्यक्र सम्पन्न


कञ्चनपुर : निङ्गलाशैनि बहुउद्देश्यीय सहकारि सस्था लि को आ ब २०८२/०८३ को समिक्षा तथा २०८३/०८४ को निति योजना र कार्यक्रम मिति २०८३ श्रावण २३ र २४ गते सालिनि बाटिका एण्ड ईको रिसोर्टमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष डम्बर दत्त भट्टको अध्यक्षता तथा नेफ्स्कुन पुर्व कार्यकारि प्रमुख एवं सहकारी बिज्ञ कुबेर निरौलाको प्रशिक्षणमा दुई दिन सम्म सन्चालन भएको समिक्षा तथा गोष्ठीमा ४५ करोडको सम्पत्ति लाई २०८३/०८४ मा १५०० जना नया सदस्य आवद्ध गराई ६० करोडको सम्पत्ति पुर्याउने लक्ष्य राखिएको कुरा सस्थाका प्रमुख कार्यकारि अधिकृत प्रेम सिंह भाट ले बताउनु भयो ।

सहकारी सस्थाका संचालक, लेखा समिति, धितो मुल्यांकन समिति, ऋण समितिकाका पदाधिकारी एव कर्मचारी सम्मलित गोष्टिमा खराब ऋण असुलिका लागि कानुनि प्रयास, सम्पत्ति शुद्धिकरण ऎन कार्यान्वयन, सदस्यबाट नियमित बचत संकलन एवं बित्तीय साक्षरता र सहकारी शिक्षा सहित अन्ताराष्टिय सहकारीका ७ वटा सिद्दान्त कार्यान्वयनक लागि कार्यक्रम तय गरि अगाडी बढन लागेको सस्थाका उपाध्यक्ष पवन चन्द्र लेखकले बताउनु भयो । चालु आर्थिक बर्षको निति योजना र कार्यक्रम तर्जुमाका लागि दुई दिन सम्म सन्चालन गरिएको कार्यशालामा जोखिम ब्यबस्थापन अन्तर सहकारि सम्बन्धलाई अझ सुदृढ गरि सामुहिक शिक्षा, समुहिक तालिम, सबै सहकारीका सन्चालक, कर्मचारी हरुका लागि सहभागीता मुलक लागतमा सन्चालन गर्ने योजना रहेको कुरा सस्था कि प्रबन्धक बबिता चन्दले बताउनु भएको छ ।

यस पटकको समिक्षा बिशेष छ, हामि ले सहकारी भित्र संचालकका लागि, कर्मचारीका लागि , शेयर सदस्यका लागि हुने गरि आचार सहिता समेत निर्माण गरिएको छ, यसै गरि ७ किमि भित्रका सबै सेवा केन्द्र लाई एकीकृत गर्दै सदस्यहरुकाई घर दैलोमानै सेवा दिन फिल्ड कर्मचारी लाई अझ बढी जिम्मेवार बनाउने र ऋणका लागि मात्र सदस्यले सस्थामा आउनु पर्ने कुरा प्रमुख कार्यकारि अधिकृत भाटले बताउनु भयो ।


Loading Viewer...

ताजा समाचार

spot_img