कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नेपाल पुर्व प्रहरी संगठनको दोस्रो साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ् । नेपाल पुर्व प्रहरी संगठन दोधारा चाँदनीको दोस्रो साधारण सभा सम्पन्न भएको नेपाल पुर्व प्रहरी संगठन दोधारा चाँदनीका सचिव बिर बहादुर सुनारले जानकारी दिनुभएको छ् । साधारण सभामा संगठनको अवस्था तथा वर्षभरी गरिएको बिभिन्न कृयाकलापको बारेमा छलफल गरिएको उहाँले बताउनुभयो । सामाजमा शान्ती सुरक्षामा सघाउने, विपद्को समयमा उद्धार तथा सहयोगमा संगठन कटिबद्ध भएर देश र समाजको लागी लगनशिल भएर अघि बढ्ने साधारण सभाबाट निर्णय गरिएको सचिव बिर बहादुर सुनारले बताउनुभएको छ् ।


कार्यक्रममा नेपाल पुर्व प्रहरी संगठन दोधारा चाँदनीको कार्यालय भवन निमार्ण गर्न जग्गा दान दिनुभएका जग्गादाता ईन्द्र बहादुर थापालाई दोसल्ला ओढाएर सम्मान सहित संगठनका सदस्य हरिचन्द्र सुनारलाई उपचारको लागी नगद रकम रु. ५ हजार सहयोग गरिएको नेपाल पुर्व प्रहरी संगठन दोधारा चाँदनीका सचिव बिर बहादुर सुनारले बताउनुभयो । नेपाल पुर्व प्रहरी संगठन दोधारा चाँदनीका अध्यक्ष राजेन्द्र सिंह भण्डारीको सभापतित्वमा सञ्चालन भएको नेपाल पुर्व प्रहरी संगठनको दोस्रो साधारण सभामा नव आगन्तुक सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको उहाँले बताउनुभएको छ् ।

नेपाल पुर्व प्रहरी संगठनको दोस्रो साधारण सभाबाट सामाजमा शान्ती सुरक्षा कायम राख्न, विप्द जोखिम न्युनिकरण गर्न र जनताको हकहितमा हुने जुनसुकै काममा संगठन सदा कटिबद्ध रहने सभा प्रतिबद्ध रहेको नेपाल पुर्व प्रहरी संगठन दोधारा चाँदनीका अध्यक्ष राजेन्द्र सिंह भण्डारीले बताउनुभएको छ् ।











