दोधारा चाँदनी क्षेत्रको सीमानामा अपराध रोक्न दुवै देशका सुरक्षा निकायको संयुक्त गस्ती


पप्पु गुरुङ्ग, कञ्चनपुर । नेपाल–भारत सीमामा बढ्दै गएको सीमा अपराध नियन्त्रण तथा सीमा सुरक्षा सुद्दढ बनाउने उद्देश्यका साथ कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतिय सिमा सुरक्षा बल (एसएसबी) ले संयुक्त पैदल गस्ती सञ्चालन गरेको छ् । सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बिओपी) दोधारा चाँदनी कञ्चनभोज र सुन्दरनगरको टोली र भारतिय सिमा सुरक्षा बल (एसएसबी) मेलाघाट, उत्तराखण्डको एक टोलीले दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा सयुक्त गस्ती सञ्चालन गरेको सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बिओपी) कञ्चनभोजका सशस्त्र प्रहरी निरिक्षक केशव गोयलाले जानकारी दिनुभएको छ् । सयुक्त गस्तीका क्रममा सीमा क्षेत्रमा हुने चोरी–तस्करी, अवैध आवत जावत, झैं–झगडा तथा अन्य आपराधिक गतिविधीको रोकथाम र नियन्त्रणमा विशेष ध्यान दिईएको जनाइएको छ् ।

नेपालको तर्फ देखि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बिओपी) कञ्चनभोजका सशस्त्र प्रहरी निरिक्षक केशव गोयला र भारतको तर्फ देखि भारतिय सिमा सुरक्षा बल (एसएसबी) मेलाघाट, उत्तराखण्डका कम्पनी कमाण्डर सन्तोष कुमारले दोधारा चाँदनी नगरपालिका– १० सुन्दरनगर बस्ती नजिक सिमा क्षेत्रमा सयुक्त गस्तीको कमाण्ड गर्नुभएको थियो । सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुका साथै नेपाल र भारतका समकक्षी सुरक्षा निकाय बीच आपसी समन्वय, विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ गस्ती सञ्चालन गरिएको दुबै देशका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

यस्तै सशस्त्र प्रहरीले दोधारा चाँदनी नगरपालिकाको सिमा बस्ती कुतियाकवर बस्ती, अठार नम्वर पिल्लर बस्ती, सुन्दरनगर बस्तीमा पैदल सिमा गस्ती सञ्चालन गरिएको सशस्त्र प्रहरीले बताएको छ् । सशस्त्र प्रहरीको गस्तीले सीमा अपराध न्युनिकरण गर्न सहयोग पुग्नुका साथै सीमावर्ती क्षेत्रका सर्वसाधारणमा सुरक्षाको अनुभूति बढाउने विश्वास गरिएको छ् ।

यस्ता गस्तीलाई आगामी दिनहरुमा पनि आवश्यकता अनुसार निरन्तरता दिईने सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बिओपी) कञ्चनभोजले जनाएको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img