काठमाडौ रेड्सको भलिबल मुख्य प्रशिक्षकमा नृप बहादुर बि.क.


कञ्चनपुर: नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि काठमाडौं रेड्सले अनुभवी प्रशिक्षक नृप बहादुर बि.क. लाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ।

एनभीएलले पहिलो संस्करणलाई प्रतिस्पर्धात्मक र आकर्षक बनाउने उद्देश्यका साथ विभिन्न फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक नियुक्त गर्दै प्रतियोगिताको तयारीका लागि काठमाडौं रेड्सले सुदूरपश्चिम प्रदेशका भलिबल प्रशिक्षक नृप बहादुर बि.क. लाई जिम्मेवारी दिएको हो।

खेलाडी हुँदै लामो समयदेखि नेपाली भलिबलमा प्रशिक्षकका रूपमा योगदान दिँदै आएका नृप बहादुर बि.क. को नियुक्तिसँगै काठमाडौं रेड्सले खेलाडी छनोट, टोली निर्माण तथा प्रशिक्षणलाई थप व्यवस्थित रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।

एनभीएलले कुल ६ फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक नियुक्त गरेको छ। सगरमाथा शम्शेर उत्सव खड्का,मधेश वारियर्स – भारत यादव, काठमाडौं रेड्स नृप बहादुर बि.क., अन्नपूर्ण स्पाइकर किंग्स – रमेश के.सी., कर्णाली शिवराज चन्द्रबहादुर कुँवर, खप्तड फाल्कन्स रूपेश कुमार विष्ट लाई जिम्मेवारी दिएको छ।

प्रतियोगिताको पहिलो संस्करण निकटिँदै जाँदा प्रशिक्षक नियुक्तिसँगै सबै टोलीले आफ्नो तयारीलाई तीव्र बनाएका छन्। काठमाडौं रेड्सका मुख्य प्रशिक्षक नृप बहादुर बि.क. को नेतृत्वमा टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img