कञ्चनपुर । मनसुन सक्रिय भए संगै दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा फेरि बाढीको चिन्ता बढ्न थालेको छ् । केही दिन अघि आएको वर्षाको पानीले हालै निमार्ण गरिएको पक्की तटबन्धमा क्षती बनाएपछि बाढीको पानी बस्तीमा पस्ने त्रास स्थानियबासीहरु रहेको छ् । वर्षाको पानीले तटबन्धमा क्षती बनाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका सभापती पुरन कुमालको एक टोली कुतियाकवर बस्ती पुगेको थियो । टोलीले क्षती बनाएको तटबन्धको अवस्थाको स्थलगत अनुगमन सहित स्थानियबासीहरु संग भेट गरेको हो ।


वर्षाको पानीले झण्डै ५० मिटर पक्की तटबन्धमा क्षती बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनीका सभापती पुरन कुमालले बताउनुभएको छ् । निमार्ण कम्पनीले तटबन्ध निमार्णको सयममा वर्षाको पानी निकासा नबनाउदा तटबन्धमा क्षती बनाएको सभापती पुरन कुमालले बताउनुभयो ।

अनुगमन पछि पार्टी पंक्तीमा क्षती बनाएको तटबन्धको बारेमा पहल थाल्ने उहाँले बताउनुभएको छ् । अनुगमन टोलीमा रास्वपा दोधारा चाँदनीका सभापती पुरन कुमाल संगै रास्वपा पुर्व जिल्ला कमिटि सदस्य गोकर्ण लामिछाने, वडा सभापती पुरन चदारो, नर बहादुर श्रेष्ठ लगाएत स्थानियबासीहरुको सहभागिता रहेको थियो ।

बिगतका वर्षको बाढीले ठूलो क्षति बेहोरेका स्थानीयबाससीहरुमा यस वर्ष पनि त्यही अवस्था दोहोरिने हो कि भन्ने स्थानियबासीमा छ् । यता स्थानीय तह र गैरसरकारी संस्थाहरुले भने बिगतका वर्षको अनुभवबाट पाठ सिक्दै पूर्व तयारीलाई प्राथमिकता दिएको बताएका छन् ।










