कञ्चनपुर : सुदूरपश्चिम प्रदेश तराईको जिल्लदा कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चिता तथा दीगोपना घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमका विच कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चिता तथा दीगोपना घोषणा गरिएको हो । राष्ट्रिय खोप कार्यक्रम अन्र्तरगत ‘स्थानीय स्वामित्व सहभागिता पूर्ण खोप सुनिश्चिता हाम्रो प्रतिबद्धता’ नाराका साथ घोषणा गरिएको जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख नरेन्द्र रावलले यस अघि जिल्लाका ९ वटै पालिकाहरुमा पूर्ण खोपयुक्त घोषणा गरेर जिल्लामै गरेको बताए । उनका अनुसार बालबालिकाले पाउनुपर्नेदेखि गत विगतका छुट सबै बालबालिकाले खोप लगाईसकेका छन ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुवरले एक बर्षमुनी र सो भन्दा बढी उमेरका बालबालिकाहरुलाई दिनुपर्ने सबै प्रकारका खोप लगाईएको बताए । उनका अनुसार जिल्लाभरी एकसय ६८खोप केन्द्र मार्फत ०देखि १५ महिना भित्रका आठ हजार ६३७, बिसिजी, पेन्टा, ओपिभी पिसिभी रोटा, एफआईभिपी दारुला, रुबेलाका छुट एकसय ३८ बालबालिकाहरुलाई पनि खोप लगाईएको छ ।०देखि ११महिना सात हजार ९८८, ११देखि २३ महिना सात हजार ८७७, ९ हजार ४२७जती गर्भवती महिला र २४देखि ५९ महिनासम्मका सबै बालबालिकाहरुलाई खोप लगाईसकेको छ । कार्यक्रममा जिल्लाका विभिन्न पालिकामा कार्यरत खोपसहजकर्ता स्वास्थ्यकर्मीहरुलाई समेत सम्मान गरिएको छ ।

बेलडाँडी लक्ष्मी ठकुरी, कृष्णपुर विष्ना जोशी, शुक्लाफाँटा गोदाबरी कुमार महता, बेदकोट दिलेश्वरी अवस्थी, भीमदत्त निर्मला जोशी, पुष्पा अवस्थी, दोधाराचाँदनी मिना विष्ट, पुर्नवास बिमला जोशी, लालझाडी रुक्मणी चौधरी, महाकाली प्रादेशिक अस्पताल हेमन शाहलाई सम्मान गरिएको छ । जिल्ला खोप सुनिश्चितता समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले जनस्वास्थ्यका लागि सबै बालबालिकाहरुले पाउनुपर्ने सबै खोप पाईसकेकाले थप स्वास्थ्यमा सुधार हुने अपेक्षा राखे । कार्यक्रममा जिल्लाभरीका सरोकारवालाहरुको सहभागिता रहेको थियो । खोप घोषणासंगै आगामी दिनमा थप नागरिक स्वास्थ्यका कार्यक्तममा ध्यान दिनुपर्नेमा जोडदिईएको छ ।











