शारीरिक सुगठनको अध्यक्षमा सुनिल चन्द


महेन्द्रनगर: कञ्चनपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको अध्यक्षमा सुनिल चन्द सर्वसम्मत निर्वाचित भएका छन् ।

मंगलबार जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहको प्रमुख आतित्थमा आयोजित कार्यक्रमबाट पहिलो पटक शारीरिक सुगठन तथा फिटनेस संघ कञ्चनपुरको कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
शारीरिक सुगठनका पुर्व राष्ट्रिय खेलाडी समेत रहेका चन्दको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले जानकारी दिनुभयो ।
संघको उपाध्यक्षमा नारायण पाण्डेय, सचिवमा कमलेश बहादुर सिंह, कोषाध्यक्षमा लक्ष्मीदत्त पन्त सर्वसम्मत चयन भएका छन् । भने सदस्यहरु किसन चन्द, संविधान गौतम, निर्मला नाथ, दिपा चन्द र ललित भट्ट चयन भएका छन् ।

नवगठित समितिलाई बधाई ज्ञापन गर्दै जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहले शारीरिक सुगठन खेलप्रति युवा आकर्षण बढिरहेकाले यसको हकहित र विकासका सक्रिय भएल लाग्न आग्रह गर्नुभयो । जिल्लामा व्यायमशालाहरुबाट राष्ट्रिय स्तरमा प्रतिस्प्रर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्न संघको भूमिका अहम हुने उहाँको भनाई छ ।

नवनिर्वाचित अध्यक्षले स्वास्थ्य प्रतिको सचेतताका कारण यहाँ पछिल्लो समय जिम तथा व्यायाम हाउसहरु आउने क्रम बढेको बताउनुभयो । “ शारीरिक सुगठनको विकास र विस्तारमा सिंगो समिति सक्रिय हुनेछ ।” उहाँले भन्नुभयो–“ हिजोका दिनमा खेलाडी खोज्न मुश्किल हुन्थ्यो । अहिले हरेक प्रतियोगितामा यहाँबाट खेलाडीहरु सहभागी भइरहेका छन् ।”


Loading Viewer...

ताजा समाचार

spot_img