म स्वस्थ, मेरो समुदाय स्वस्थ’ अभियानलाई बेलौरीको प्रतिबद्धता, नसर्ने रोग नियन्त्रणमा सबै पक्षको ऐक्यबद्धता


बेलौरी : ‘म स्वस्थ, मेरो समुदाय स्वस्थ : स्वस्थ बेलौरी, समृद्ध बेलौरी’ भन्ने मूल नारासहित नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियान–२०८३ अन्तर्गत पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।

बेलौरी नगरपालिका स्वास्थ्य शाखा, कञ्चनपुरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नसर्ने रोग नियन्त्रण, रोकथाम तथा स्वस्थ जीवनशैली प्रवर्द्धनका विषयमा अभिमुखीकरण स्वास्थ्य कार्यालय कञ्चनपुरका सिद्धराज भट्ट दिनु भएको थियो।

कार्यक्रममा बाल क्लबका प्रतिनिधि, शिक्षक, विद्यार्थी, कर्मचारी, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले स्वस्थ समाज निर्माण तथा नसर्ने रोग नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन्।

कार्यक्रमको अध्यक्षता बेलौरी नगरपालिकाका उपमेयर जोखराम चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मान बहादुर चन्दले गर्नुभएको थियो। कार्यक्रमले नसर्ने रोग नियन्त्रण तथा रोकथामका लागि जनचेतना अभिवृद्धि गर्दै स्वस्थ बेलौरी निर्माणमा सामूहिक सहकार्य र प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img