सामाजिक विकास कार्यालयद्वारा कञ्चनपुर जिल्ला फुटबल संघलाई खेलकुद सामग्री तथा फर्निचर हस्तान्तरण


महेन्द्रनगर: कञ्चनपुर जिल्ला फुटबल संघलाई सामाजिक विकास कार्यालयद्वारा खेलकुद सामग्री तथा फर्निचर हस्तान्तरण गरिएको छ।

सनिवार असार १३ गते एक कार्यक्रमको आयोजना गर्दै खेलकुद क्षेत्रको विकास र संस्थागत सुदृढीकरणलाई टेवा पुर्‍याउने उद्देश्यले सामाजिक विकास कार्यालय, कञ्चनपुरले कञ्चनपुर जिल्ला फुटबल संघलाई खेलकुद सामग्री तथा कार्यालय व्यवस्थापनका लागि आवश्यक फर्निचर हस्तान्तरण गरेको हो।

आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत संघलाई खेलकुद सामग्री र कार्यालय व्यवस्थापनका लागि आवश्यक फर्निचर उपलब्ध गराइएको कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताउनु भयो।

सहयोगले जिल्लामा फुटबल गतिविधि सञ्चालन, खेलाडीको क्षमता विकास तथा संघको संस्थागत व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने छ,कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष रमेश चन्दले भन्नू भयो।

महेन्द्रनगरस्थित खुलामञ्चमा आयोजित हस्तान्तरण कार्यक्रममा कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष रमेश चन्दको अध्यक्षतामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री मा.राजेन्द्र सिंह रावल सुदूरपश्चिम प्रदेश सरकारका कानुन मन्त्री मा.हिरा सिंह सार्की, प्रदेशका, भीमदत्त नगरपालिका वडा नं.०४ का वडा अध्यक्ष सुशील कुमार भट्ट संघका कार्यसमिति पदाधिकारी, खेलाडी, खेलप्रेमी तथा विभिन्न सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

खेलकुद क्षेत्रमा सरकारी सहयोगले स्थानीय स्तरमा प्रतिभा विकास, खेल संस्कृतिको प्रवर्द्धन तथा युवा पुस्तालाई खेलतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने छ।कञ्चनपुर जिल्ला फुटबल संघले प्राप्त सामग्रीको सदुपयोग गर्दै जिल्लाको फुटबल विकासमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img